२०८१ वैशाख ११, मंगलबार
Health Aawaj logo
गृहपृष्ठअन्यकोभिड-१९ कारण ४० प्रतिशतलाई निन्द्रा नलाग्ने समस्या, के हो कोभिडसोम्निया ?

कोभिड-१९ कारण ४० प्रतिशतलाई निन्द्रा नलाग्ने समस्या, के हो कोभिडसोम्निया ?


कोभिड-१९ महामारी सुरु भएपछि धेरै मानिसहरुको निन्द्रा खल्बलिएको छ । कयौं मानिसहरु राम्रोसँग निदाउन सकिरहेका छैनन् । केही समयअघि रोयल फिलिप नामक संस्थाले १३ देशमा निन्द्रासँग जोडिएको एक सर्वेक्षण गरेको थियो । जसमा ३७ प्रतिशत मानिसहरुले महामारीले आफ्नो निन्द्रामा खराब प्रभाव पारेको बताएका थिए ।

सर्वेक्षणमा सहभागी ७० प्रतिशत युवाहरुले महामारी सुरु भएपछि उनीहरुले निन्द्रासँग जोडिएका एक वा एकभन्दा बढी समस्याहरु सामना गरिरहनु परेको छ । महिलाहरुमा यस्तो समस्या अझ बढी देखिएको थियो ।

संसारभरका स्लीप न्युरोलोजिष्टले यो समस्यालाई ‘कोभिडसोम्निया’ नाम दिएका छन् । अमेरिकन एकेडेमी अफ न्यूरोलोजीकाअनुसार यसका पछाडि कोभिड—१९ संक्रमित हुने डर, परिवारका सदस्य तथा अन्य नजिकका मानिसहरुको स्वास्थ्यप्रतिको चिन्ता मुख्य कारण रहेको छ ।
कोभिडसोम्नियाको कारण के हो ?

कोभिड—१९ का कारण तनाव बढिरहेको छ । यो तनावका कारण मानिसहरु इन्सोम्निया (निन्द्रा) नआउने वा निन्द्रा बिग्रने समस्याको शिकार भइरहेका छन् । अगष्ट २०२० मा बेलायतको साउथह्याम्टन युनिभर्सिटीमा गरिएको अनुसन्धानले लकडाउनको दौरान चीनमा इन्सोम्नियाको दर १४.६ प्रतिशतबाट २० प्रतिशतसम्म बढेको थियो । इटली र ग्रिसमा यो दर ४० प्रतिशतसम्म पाइएको थियो ।

कोभिडसोम्नियामा निन्द्रा नआउने र पटक—पटक निन्द्रा टुटने हुन्छ । दिनमा थकान महसुस हुनु र निन्द्रा लाग्नु, सुतिरहेका बेला बारम्बार उठ्नु वा ढिलो सुत्दा पनि चाडै उठ्ने हुन्छ ।


क्याटेगोरी : अन्य
ट्याग : #कोभिडसोम्निया


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ