२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्यमलेरिया, ल्युकेमिया र आर्थराइटिसको औषधी कोभिड-१९ का बिरामीमाथि ट्रायल गरिदैं

मलेरिया, ल्युकेमिया र आर्थराइटिसको औषधी कोभिड-१९ का बिरामीमाथि ट्रायल गरिदैं


कोभिड-१९ को प्रभावकारी उपचार खोज्ने क्रममा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले एक क्लिनिकल ट्रायल सुरु गरेको छ । यो ट्रायलमा मलेरिया, ल्यूकेमिया र आर्थराइटिस रोगको औषधीमा गरिदैछ ।

ट्रायलमा सामेल वैज्ञानिकहरुले यी रोगहरुमा प्रयोग हुने एन्टी-इन्फलेमेट्री औषधी संक्रमणपछि अनियन्त्रित हुने इम्युन सिष्टमलाई नियन्त्रण गर्न सक्छन् । यी औषधीहरुमार्फत कोभिड-१९ को सस्तो र प्रभावकारी उपचार खोज्ने प्रयास जारी छ ।

जसमा मलेरियाको औषधी ‘आर्टिसुनेट’ जुन इन्जेक्सनबाट युवा र बच्चालाई दिइन्छ । यस्तै, आर्थराइटिसको औषधी ‘इनफिलिक्सीमेव’ र ल्युकेमियाको ‘इमैटिनिव’ क्यान्सरका बिरामीलाई दिइने यो औषधीले क्यान्सर कोषिका बढ्नबाट रोक्छ । यी तीन औषधीमाथि ट्रायल गरिदैछ ।

इम्युन सिष्टम अनियन्त्रित हुँदा के हुन्छ ? फ्रन्टियर्स इन इम्युनोलोजी जर्नलमा प्रकाशित अनुसन्धानअनुसार कोभिड-१९ को संक्रमणपछि कयौं बिरामीहरुमा रोगबाट बचाउने इम्युन सिष्टम अनियन्त्रित हुन थाल्छ । सामान्य भाषामा भन्दा इम्युन सिष्टम यति ओभर एक्टीभ हुन्छ कि भाइरससँग लड्नुका साथै शरीरका कोषिकालाई पनि असर पु¥याउँछ ।

यस्तो हुँदा बिरामीको शरीरमा रगतको क्लट जम्न सक्छ र अक्सिजनको कमी हुन थाल्छ । यसले बिरामीको हाल अझ बिगार्छ । वैज्ञानिक भाषामा यसलाई साइटोकाइन स्टान्र्म भनिन्छ ।

डब्लूएचओकाअनुसार वैज्ञानिकहरुको एक प्यानलले यी तीन वटा रोगका औषधीलाई यसकारण चुने कि कोभिड-१९ बाट हुने मृत्युलाई रोक्न सकियोस् । यस ट्रायलको नाम ‘सोलिडारिटी प्लस’ राखिएको छ । ५२ देशका ६ सय अस्पतालहरुमा भर्ना भएका बिरामीमाथि यो ट्रायल गरिनेछ ।

ट्रायलमा यो पनि देखिनेछ कि अलग-अलग देशमा कोभिड-१९ का बिरामीमाथि यसको कस्तो असर हुनेछ । त्यसपछि यो कुन औषधी कति प्रभावकारी भनेर यसको तुलना गरिनेछ ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ