२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअन्यचीनमा ३ सन्तानको नीति पारित

चीनमा ३ सन्तानको नीति पारित


चीनमा अब दम्पतीले तीन बच्चा जन्माउन पाउने भएका छन्। चिनियाँ सरकारले यसको लागि नयाँ कानुन लिएर आएको छ। चीनको सत्तारूढ़ कम्युनिष्ट पार्टीले ३ सन्तानको नीतिलाई शुक्रबार औपचारिक रूपमा समर्थन गरेको हो।

उक्त नीति सबैभन्दा बढी जनसंख्या भएको देशमा तीव्र रुपले कम हुँदै गएको जन्मदरलाई रोक्ने लक्ष्यले लिइएको हो।

नेशनल पीपुल्स कांग्रेस (एनपीसी) को स्थायी समितिले संशोधित जनसंख्या एवं परिवार नियोजन कानुनलाई पारित गरेको छ जसमा चिनी दम्पतीले ३ सन्तान जन्माउन सक्ने अनुमति दिइएको हो।

सरकारी समाचार पत्र ‘चाइना डेलीका अनुसार नयाँ कानुनमा बालबच्चाको पालन-पोषण र उनीहरुको शिक्षाको खर्च कम गर्नुको साथै परिवारको बोझ कम गर्नका लागि वित्तीय, कर, बीमा, शिक्षा, आवासीय र रोजगार सम्बन्धि सहयोगात्मक कदम उठाइने छ।

चीन त्यस्तो देशमा पर्छ जहाँ जन्मदर सबैभन्दा कम छ। वर्तमान समयमा चीनको अगाडी सबैभन्दा ठुलो चुनौती काम गर्ने मानिसको लगातार कमी भैरहेको जनसंख्या बनेको छ। जसकारण युवाहरुमा काफी दवाव छ।

एक आकलन अनुसार आउने ५ वर्षमा चीनको एक चौथाई जनसंख्याको उमेर ६५ वर्ष भन्दा बढी हुन्छ अर्थात काम गर्ने मानिसको कमी र गरिबीको समस्या। यसकारण ३ सन्तानको नीतिलाई लिएर चीनले सोचेर फैसला लिएको हो।

यस वर्ष मेमा सत्तारूढ़ कम्युनिस्ट पार्टी अफ चाइना (सीपीसी) ले सबै दम्पतीलाई ३ बच्चा जन्माउन अनुमति दिनको लागि दुई सन्तान जन्माउने नीतिलाई खारेज गर्ने प्रस्ताव गरेको थियो। चीनले सन् २०१६मा एक-बाल नीति खतम गर्दै सबै दम्पतीलाई दुई सन्तान जन्माउन अनुमति दिएको थियो।

एजेन्सी 


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ