२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअन्य ‘डिमेन्सिया’ रोग के हो ? कस्ता हुन्छन् लक्षण ?

 ‘डिमेन्सिया’ रोग के हो ? कस्ता हुन्छन् लक्षण ?


डिमेन्सिया एक किसिमको बिर्सिने रोग हो । यो रोग व्यक्तिको दिमाग, व्यवहार र उसको सम्झन सक्ने क्षमतासँग सम्बन्धित रहन्छ । प्रारम्भिक कालमा यसको खासै लक्षण नदेखिने भएकाले सुरुवाती समयमा यसको पहिचान गर्न कठिन पर्दछ ।

तर, विस्तारै यस रोगबाट ग्रसित हुँदै जाँदा यसको प्रभाव दैनिक जीवनमा देखिन थाल्दछ । डिमेन्सिया भनेको के हो ? डिमेन्सिया रोग भन्नाले व्यक्तिको स्मरण शक्तिमा कमी हुँदै जाने रोगलाई जनाउँछ । यो अल्जाइमरका कारण लाग्ने रोग हो । यसले हाम्रो शरीरमा रहेको स्मरणशक्तिमा ह्रास ल्याउने काम गर्दछ ।

डिमेन्सिया हुनुमा अल्जाइमरको ६०–८० प्रतिशत भूमिका रहेको हुन्छ । डिमेन्सिया रोग अल्जाइमर समयमा देखिने पछिल्लो चरणको रोग हो । अल्जाइमरको भाइरसले पूर्ण रुपमा व्यक्तिमा हाबी गरे पश्चात् यो रोग देखा पर्दछ । यस रोगको सुरुवाती दिनहरुमा व्यक्तिको स्मरणशक्तिमा ह्रास आउन थाल्दछ । तर, पछिल्लो चरणमा भने यसका कारण व्यक्तिमा विस्तारै कुराकानी गर्ने तथा आफ्नो वरपर रहेको वातावरणप्रतिको चेतनामा समेत कमी हुँदै जान्छ ।

विभिन्न रोगबाट मृत्यु हुन कारणमध्ये विश्वमा यो छैटाैं कारण रहेको पाइएको छ । सामान्यतयाः यस रोगको शिकार भएपछि रोगीको आयु आठ वर्ष मात्र रहन्छ । अल्जाइमर व्यक्तिको सामान्य अवस्था होइन् । यसको प्रमुख कारण व्यक्तिको बढ्दो उमेर हो ।

बढ्दो उमेर या विशेषतः ६५ वर्षको उमेरपछिका वृद्धहरुमा यो रोग लाग्ने गरेको पाइएको छ । अमेरिकामा गरिएको सो अनुसन्धानमा ६५ वर्षमाथिका दुई लाख मानिसहरुमा यो रोग भेटिएको थियो । हालसम्म अल्जाइमरको कुनै प्रभावकारी उपचार भेटिन सकेको छैन । वैज्ञानिकहरु यस रोगबारे थप अनुसन्धान भने गरिरहेका छन् । यद्यपि, यो रोग लागे पश्चात् यसको प्रभावलाई कम गराउन भने सकिन्छ ।

लक्षणहरु

स्मरणशक्तिमा कमी आउँदै जानु ।

व्यवहारमा परिवर्तन देखा पर्नु ।

सामान्य हिड्डुलमा गर्नमा पनि समस्या आइपर्नु ।

उपचार हालसम्म यस रोग निराकरणको उपाय पाउन सकेको छैन । यस विषयमा वैज्ञानिकहरुको अनुसन्धान जारी रहेको छ । तर, बिरामीको उचित हेरचाह र उनीहरुप्रति व्यवहारका कारण यो रोगको प्रभावमा भने कमी ल्याउन सक्ने वैज्ञानिकहरुको राय रहेको छ । रोगीलाई राम्ररी स्वास्थ्योपचार दिइएको खण्डमा यो रोगबाट ग्रसित भएको बीस वर्षसम्म पनि व्यक्ति जीवित रहन सक्छ ।

-एजेन्सी


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ