२०८१ वैशाख ११, मंगलबार
Health Aawaj logo
गृहपृष्ठअन्यएउटै स्वाब दुई फरक रिपोर्ट : अस्पतालले कोभिड–१९ को झुटो रिपोर्ट दिएपछिको हैरानी

एउटै स्वाब दुई फरक रिपोर्ट : अस्पतालले कोभिड–१९ को झुटो रिपोर्ट दिएपछिको हैरानी


१२/१३ दिनअघि कोभिड–१९ को लक्षण देखिएको थियो । कोठामा नै सुरक्षित साथ क्वारेन्टाइनमा थिए । ८ दिन अगाडि तीनकुनेस्थित कान्तिपुर अस्पतालमा गएर स्वाव दिए । पहिले नै कोभिड होला भन्ने सोचेको थिए । त्यहीअनुसार नै रिपोर्ट पोजेटिभ नै आयो ।

विस्तारै समस्याहरु कम हुँदै गयो । धेरै अघि लक्षण देखिएको हुँदा ८ दिनपछि अर्थात हिजो (सोमबार बिहान) गएर पुनः स्वाब दिए । ४ वजेको आसपास मोबाइलमा म्यासेज आयो । सो म्यासेजलाई खोलेर हेरे । रिपोर्ट नेगेटिभ भनिएको थियो । नाम मेरै थियो तर उमेर ४६ वर्ष थियो ।

म ३६ वर्षको भएँ, झुकिएर ४६ भएको होला भनेर अस्पतालमा ४ बजेर ३३ मिनेट र ५ बजेर १६ मिनेटमा फोन गरेर भने । सच्चिएको रिपोर्ट आएन । अस्पतालबाट नेगेटिभ रिपोर्ट आएपछि खुसी भएर फेसबुकमा कोभिड–१९ जितियो भनेर लेखे । छेउको भाइलाई कोभिड—१९ निको भएपछि थकालीमा गएर खाना खाने भनेर सल्लाह गरेको थिए । सोहीअनुसार सोमवार वेलुका जिम्बु थकालीमा गएर दुई भाइले खाना खायौ ।

मंगलवार बिहानसम्म पनि सच्चिएको रिपोर्ट नआएपछि पुरानो रिपोर्ट पुनः हेर्न म्यासेज बक्समा जाँदा भेटिएन । मैले मेटाएको थिइन् । कसरी आफै मेटियो थाहा भएन । तर, सोमबार हेरेको हिस्ट्रीमा भने रहेको थियो । मलाई रिपोर्ट नेगेटिभ आइसकेको हुदाँ चिन्ता भएन । तर, उमेर मिलाउन पाए हुन्थ्यो भन्ने लाग्यो र भाइलाई लिएर मंगलबार (आज) पुनः अस्पताल गए ।

अस्पतालमा गएर मेरो रिपोर्टमा उमेर सच्याएर दिनुहोस् भन्दा रिपोर्ट नै तयार भइनसकेको जवाफ आयो अनि म छक्क परे । नेगेटिभ रिपोर्ट आएको कारण म बुधवार नेपालगञ्ज घर जाने निधो गरिसकेको थिए । अस्पतालले मलाई जवाफै नदिएर त्यतिकै फर्काइदियो ।

तर, २ बजे पुनः मेरो फोनमा म्यासेज आयो खोलेर हेर्दा पुनः पोजेटिभ नै रहेछ । हुन त मैले माक्सको प्रयोग गरेको थिए । तर, पनि अस्पतालको असावधानीपूर्ण लापरवाहीका कारण मैले मानसिक तनाव झेल्नुप¥यो । यदि उमेरमा तलमाथि नभएको रिपोर्ट आएको भए म त्यही रिपोर्टलाई विश्वास गरेर घर जान्थे । घरमा ८९ वर्षकी हजुरआमा छन्, आमा बुबा हुनुहुन्छ, उहाँहरु जोखिममा हुनुहुन्थ्यो । अस्पतालको लापरवाहीका कारण म घर गएर आमाबुबालाई कोभिड लागेको भए त्यसको जिम्मेवार को हुन्थ्यो ?

(अछामका पूर्व पत्रकार तिमल्सिनासँग गरिएको कुराकानीमा आधारित ।)


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ