२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्ययस साइलेन्ट किलर रोगको चपेटामा छन् विश्वका अधिकांस मानिस : अध्ययन

यस साइलेन्ट किलर रोगको चपेटामा छन् विश्वका अधिकांस मानिस : अध्ययन


मानिसको व्यस्त जीवनशैलीका कारण कयौं प्रकारका स्वास्थ्य समस्याको सामना गर्नु परिरहेको अवस्था छ। यसमध्ये केहि यस्ता केहि स्वास्थ्य समस्या छन् जुन हामी आफैलाई पनि थाहाँ नहुन सक्छ। ती मध्ये एक रोग हो हाइपर टेन्शन। यो रोग एकदमै आम छ। तर, यसमा ध्यान नदिँदा व्यक्ति मृत्युको मुखमा पनि पुग्न सक्छ।

फाइल तस्बिर

यसैबीच ‘द ल्यासेन्ट’ मा छापिएको एक नयाँ ग्लोबल अध्ययनमा बताईएको छ कि हाइपरटेनशन एक साइलेन्ट किल्लर हो जुन मानिसका लागि घातक साबित हुनसक्छ। गत ३०वर्षमा आधा भन्दा आधा मानिस यस बिरामीको उपचार गराएका छन् जुन कुनै पनि समयमा खतरा साबित हुन सक्नेछ।

गएको ३०वर्षमा १ सय ८४ देशका १० करोड मानिस भन्दा बढी व्यक्तिमा उच्च रक्त चाप देखिएको छ। अध्ययन अनुसार विश्वभरका यस बिरामीबाट ग्रसित लगभग आदि मानिसलाई थाहाँ थिएन कि उनीहरुमा भैरहेको समस्या के हो भनेर र ती मध्ये पुरुष र महिलाहरुले आफ्नो अवस्थालाई थाहाँ पाएर पनि उपचार गराएका छैनन्।

सांकेतिक तस्बिर

रोग नियन्त्रणमा विश्वको प्रगति ढिलो भएको अध्ययनका प्रमुख लेखक माजिद इज्जातीले उल्लेख गरेका छन्। उनी जो इम्पीरियल कलेज लन्डनका प्राध्यापक पनि हुन्। उनले भने,’ पछिल्लो केहि दशकहरुमा चिकित्सा क्षेत्रमा प्रगति भएता पनि एक उच्च रक्तचाप जस्तै रोग नियन्त्रण गर्न को लागी सारा संसार नै प्रगति धेरै ढिलो भएको छ। यस रोगबाट पीडित धेरैजसो मानिसहरु आफ्नो उपचार गर्दैनन् र यसको प्रभाव कम र मध्यम आय भएका देशहरुमा हानिको रूप देखिएको छ ।

आयस्तर उच्च भएका केही देशहरु उच्च रक्तचापको बारेमा सचेत छन् र यसको समयमा नै उपचार पनि गराइरहेका छन्। यसले के देखाउँछ भने समयमा यसको पहिचान र उपचार गर्न सकियो भने उक्त रोग नियन्त्रण गर्न सकिन्छ। प्रोफेसर माजिद इज्जाटी भन्छन,’विश्वव्यापीस्तरमा यसको कारणले हुने खतराबारे छलफल र सहयोग गर्नु जरुरी छ।’

हाइपरटेन्शन एक ठुलो आम समस्या हो। यसलाई सामान्यतया उच्च रक्तचाप पनि भनिन्छ। जब रक्तचाप धेरै हुन्छ तब यसलाई हाइपरटेन्शन भनिन्छ। यस अवस्थामा, मुटु र धमनीहरुमा अतिरिक्त दबाव हुन्छपर्छ, जसकारण एक व्यक्तिलाई हृदयघात वा स्ट्रोक पनि हुन सक्छ। यसको मुख्य कारण तनाव र अनियन्त्रित खाना मानिन्छ। यो रोग धेरैजसो ३० देखि७९ वर्ष उमेर समूहका मानिसहरुमा देखिन्छ।

सही समयमा उपचार नहुनु र उच्च रक्तचाप नियन्त्रणमा नराख्नुको कारण व्यक्ति मुटु, मृगौला र स्ट्रोक सम्बन्धी रोगहरुको जोखिम बढाउँछ।

हाइपरटेन्शनका लक्षण

गम्भीर टाउको दुखाइ, आँखामा समस्या, छाती दुख्ने, अत्यधिक थकान र मतिभ्रम उच्च रक्तचापको सामान्य लक्षणहरु हुन्। यसबाहेक मुटुको धड्कनको चाल अनियमित हुनु , श्वास फेर्नमा कठिनाई, कान-छाती-घाँटीमा तेज दुखाइ महसुस हुनु, पिसाबमा रगत देखिने जस्ता समस्याहरु पनि सामेल छन्। यस्तो कुनै लक्षण देखिएमा डाक्टरलाई तुरुन्तै परामर्श गर्नुपर्छ।

एजेन्सी


क्याटेगोरी : अन्य, जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ