२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्यहातको मांशपेशी बलियो पार्न गर्नुहोस् यी योगासन

हातको मांशपेशी बलियो पार्न गर्नुहोस् यी योगासन


के तपाइ एकदिन पनि आफ्नो दुई हात बिना कल्पना गर्न सक्नुहुन्छ? पक्कै पनि सक्न हुन्न। बिहानको दाँत माझ्नेदेखि खाना पकाउने, ढोका खोल्नदेखि कम्प्युटरमा टाइपगर्ने सम्म, हामी सबै कुराको लागि हाम्रा हातहरु प्रयोग गर्दछौं। तपाईका ती दुई हातहरु तपाईको लागि यति धेरै काम गर्छन कि यसको स्वस्थ राख्ने तपाईको जिम्मेवारी हो।

आज हामी केहि योग मुद्रा बारे चर्चा गर्छौं जसले तपाईको हातलाई अत्याधिक उर्जा दिनेछ। यो योगलाई हात विकासक क्रममा भनिन्छ ।

विधि :

दुवै हातलाई अगाडि उठाइ कुमको सिधा समानान्तर राख्नुहोस् । दुवै हातका औँलाहरूलाई श्वास लिदैँ फैलाउनुहोस र श्वास छोड्दै मुट्ठी कस्नुहोस् । यसै प्रकारले यो अभ्यास छ पटक गर्नुहोस् ।

यही अवस्थामा हातलाई मुट्ठी कसेकै अवस्थामा दिशामा वृताकार तीनपटक घुमाउनुहोस् । यसरी नै विपरित दिशामा पनि तीनपटक घुमाउनुहोस् ।

श्वास लिँदै हातका पञ्जालाई माथि र श्वास छोड्दै तल लैजानुहोस् । यसलाई तीन तीनपटक गर्नुहोस् ।

श्वास लिँदै हातको पञ्जालाई बाहिर र श्वास छोड्दै भित्र लैजानुहोस् । यसलाई तीन तीनपटक गर्नुहोस् ।

दुवै हत्केलालाई माथि पारी श्वास लिँदै बलपूर्वक हात खुम्च्याउँदै औँलाले कुमलाई छुनुहोस् । त्यसपछि हत्केलालाई घुमाएर बाहिर पारी श्वास छोड्दै बलपूर्वक धकेले जस्तो गर्दै सोझो पार्नुहोस् ।

फाइदाहरु:-

  • मांसपेशी र नाडीहरूलाई स्वस्थ र सबल बनाउँछ ।
  • नाडीमा नसा च्यापिने र हातका औँलाहरू अड्किने समस्यामा फाइदा गर्छ ।
  • कम्प्युटरमा टाइप गर्ने या धेरै लेखिरहनुपर्ने व्यक्तिहरूलाई यी अभ्यासहरूले लाभ दिन्छ ।
  • अफिसकै वातारवणमा पनि यी अभ्यास जुनसुकै बेला गर्न सकिन्छ ।

सावधानी

  • यो अभ्यास जोर्नीको तीव्र दुखाइका अवस्थामा गर्नु हुँदैन ।

– ‘राष्ट्रिय योग अभ्यासक्रम’ पुस्तकबाट


क्याटेगोरी : अन्य, जनस्वास्थ्य
ट्याग : #जोर्नी दुखाइ, #मांशपेशी दुखाइ, #योगासन, #हातका लागि योग


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ