२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्यखोपले पनि सुरक्षा दिन नसक्ने कोभिड-१९को नयाँ भेरियन्ट पुष्टि

खोपले पनि सुरक्षा दिन नसक्ने कोभिड-१९को नयाँ भेरियन्ट पुष्टि


कोभिड-१९को अर्को नयाँ भेरियन्ट पुष्टि भएको छ। एक अध्ययनका अनुसार सी.1.2 नामक सो भेरियन्ट दक्षिण अफ्रिकासहित केहि देशमा पाइएको हो।

दक्षिण अफ्रिकाको नेशनल इन्स्टिच्युट फर कम्यूनिकेबल डिजीज (एनआईसीडी)का र क्वाजुलू-नटाल रिसर्च इनोभेशन एण्ड सिक्वैनसिङ्ग प्लेटफर्म (क्रिस्प)ले सो नयाँ भेरियन्ट अफ्रिकामा यस वर्षको मेमा पत्ता लागेको बताएको छ।

त्यसलगतै १३ अगष्टसम्म चीन, कंगो, इङ्ल्याण्ड, न्यूजिल्याण्ड, पोर्चुगल, स्विटजरल्याण्ड, मोरिशसलगायतका मुलुकमा सी.१.२ भेरियन्टको भाइरस भेटिएको हो।

उक्त नयाँ भेरियन्ट अत्याधिक संक्रामक हुन सक्ने र वर्तमान खोपले पनि असर नगर्ने वैज्ञानिकहरुको अनुमान छ।

एजेन्सी 


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ