२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्यलस एन्जलसमा स्कुल जाने बालबालिकालाई कोभिड खोप अनिवार्य

लस एन्जलसमा स्कुल जाने बालबालिकालाई कोभिड खोप अनिवार्य


अमेरिकामा कोभिड भाइरसको कहर कम भएको छैन। दैनिक नयाँ केस आउने र नयाँ स्वरूप देखिने चिन्ताले अमेरिकाको माहोल तनावग्रस्त बनेको छ ।

यस्तोमा बालबालिकामा कोभिडबाट बचाउनका लागि लस एन्जल्स स्कुल बोर्डले १२वर्ष र त्यो भन्दा बढी उमेरका विद्यार्थीलाई कोभिड खोप लगाउन अनिवार्य गरेको छ। त्यहाँ स्कुल खुल्न सुरु भएदेखि  बालबालिकाको कोभिड संक्रमणदर तीव्ररुपले बढिरहेको कारण बोर्डले उक्त फैसला गरेको हो ।

अमेरिकामा १२ वर्षभन्दा माथिका बालबालिकालाई खोप दिइदै छ । खोपबाट बन्चित बालबालिकाहरु अस्पताल भर्ना हुने दर १० गुणा बढेको रिपोर्ट छ ।

यस्तै, अमेरिकामा फाइजर बायोटेकद्वारा बनाइएको कोभिड खोपको बुस्टर डोज यो महिनाबाटै दिन सुरु गरिने योजना भैरहेको बताइएको छ। व्हाइट हाउस यसको तयारीमा जुटिरहेको छ।

राष्ट्रपति जो बाइडन २० सेपटेम्बरमा एक सय मिलियन बुस्टर शट्स लन्च गर्न सक्नेछ। तर, फाइजर बाहेक अन्य खोप निर्माता कम्पनी यस मागको पूरा गर्न सकिरहेको छैन। सुत्रका अनुसार फाइजरको बुस्टर शटका लागि विशेषज्ञको एक प्यानल १७ सेप्टेम्बरमा बैठक बस्नेछ।

एजेन्सी 


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ