२०८३ असोज १७, शनिबार
Health Aawaj logo
गृहपृष्ठ ∕ अन्य ∕ नर्भिकमा पेट तथा पाचन प्रणालीसँग सम्बन्धित फ्री ओपिडी हुने

नर्भिकमा पेट तथा पाचन प्रणालीसँग सम्बन्धित फ्री ओपिडी हुने


काठमाडौं—नर्भिक इन्टरनेशनल हस्पिटलको निःशुल्क ओपिडी अभियानअन्तर्गत शनिबार पेट र पाचन प्रणालीसँग सम्बन्धित समस्या भएकाहरुलाई लक्षित गरी अभियान संचालन हुने भएको छ ।

नर्भिक अस्पतालका सर्जिकल ग्यास्ट्रोएन्टेरोलोजिस्ट डा. सन्दीपराज कुँवरले फ्री ओपिडी सेवा दिने भएका हुन् ।

पेट तथा पाचन प्रणालीसँग सम्बन्धित समस्या भएकाहरुले समेत डा. कुँवरको फ्री ओपिडीमा आएर स्वास्थ्य जाँच गराउन सक्ने अस्पतालले जनाएको छ ।

नर्भिकले केही साताअघिदेखि आफ्नो कर्पोरेट सोसियल रेस्पोनसिबिलीटी (सीएसआर)अन्तर्गत प्रत्येक शनिबार कुनै न कुनै विशेषज्ञ चिकित्सकलाई फ्री ओपिडी सेवाका लागि प्रस्तुत गर्ने गरेको छ । यही क्रममा भोलि (शनिबार) डा. कुँवर बिहान १० बजेदेखि १२ बजेसम्म ओपिडी सेवाका लागि अस्पतालमा उपलब्ध हुनेछन् ।

निःशुल्क ओपिडी सेवा लिनका लागि नर्भिक अस्पतालका ओपीडी प्रमुख क्षितिज उप्रेतीलाई ९८४११८१२८१ नम्बरमा वा नर्भिक अस्पतालको ल्याण्डलाइन नम्बर ०१५९७००३२ मा फोन गरेर आफ्नो नाम टिपाउन सकिनेछ ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ