२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्यविश्व अल्जाइमर दिवस २०२१ : जान्नुहोस् कति खतरनाक छ यो रोग

विश्व अल्जाइमर दिवस २०२१ : जान्नुहोस् कति खतरनाक छ यो रोग


विश्व अल्जाइमर दिवस सेप्टेम्बर २१ मा विश्वभर मनाइने गरिन्छ। यो रोग एक उमेर पछि मानिसहरुमा देखिन थाल्दछ । यो रोग लागेका मानिसको स्मृति क्षय हुने गर्छन। उमेर बढेसँगै कयौं प्रकारका रोगहरु हाम्रो शरीरलाई निशाना बनाउन थाल्छन्। यी प्रमुख रोगहरु मध्ये एक बुढ्यौलीमा बिर्सने बानी हुनु (अल्जाइमर) हो।

अल्जाइमर रोग भएका वृद्धहरुको संख्या लगातार बढ्दो छ। जसकारण यस रोगबाट जोगिनका लागि हरेक वर्ष २१ सेप्टेम्बर अर्थात आज विश्व अल्जाइमर-डिमेन्शिया दिवस मनाइन्छ। यसको उद्देश्य जागरूकता ल्याउनु हो, ताकि परिवारको सोभा बढाउने वृद्धवृद्धालाई यस रोगबाट बचाउन सकियोस । अल्जाइमर भएपछि मस्तिष्कमा हुने तन्तु कोषिकाहरुबीच हुने सम्बन्ध कमजोर हुन्छ ।

विस्तारै-विस्तारै यो रोग मस्तिष्कको एक विकारको रूप लिन्छ र स्मरण गर्ने क्षमता नष्ट गर्दछ। यस्तो स्थितिमा बढ्दो उमेरसँगै सोच्ने क्षमता पनि घट्छ। यो यति खतरनाक छ कि बुढापाकाले २ मिनेट अघि भएको घटना पनि बिर्सन्छन् । अल्जाइमर सामान्यतया बुढेसकालमा हुन्छ। यसले बढी ६० वर्ष भन्दा माथिका मानिसहरुलाई असर गर्छ। तर, अहिले ३० देखि ४० वर्षको उमेर समुहमा पनि यो रोग देखिन थालेको छ।

यस रोगलाई नियन्त्रणमा ल्याउन शारीरिक रूपमा स्वस्थ रहनुको साथै मानसिक रुपमा पनि स्वस्थ हुनु जरुरी छ। नकारात्मक विचार लाई मनलाई प्रभावित हुन् दिन हुँदैन। र सकरात्मक विचारले मनलाई प्रसन्न बानाउनका लागि संगीत सुन्ने, गीत गाउने, खेलकुद गर्ने र आफुलाई रुची भएको कुराहरु गर्ने गर्नु पर्दछ।

सो रोग लागेपछि बिरामीलाई छिटो रिस उठ्ने, चिड़चिड़ापन बढ्ने र मानिस विस्तारै स-साना कुरा पनि भुल्न थाल्दछन्। यद्दपी माइन्ड म्यानेजमेन्ट, स्वस्थ जीवनशैली र मद्यपानबाट टाढा रहँदा पनि यो रोगबाट बच्न सकिन्छ।

-एजेन्सी

यो पनि पढ्नुहोस  : अल्जाइमरका बिरामी दिनमा सुत्नु घातक


क्याटेगोरी : अन्य, विश्व



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ