२०८१ साउन ३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअन्यनोभेम्बरबाट अन्तर्राष्ट्रिय सिमा खोल्ने अष्ट्रेलियाको तयारी

नोभेम्बरबाट अन्तर्राष्ट्रिय सिमा खोल्ने अष्ट्रेलियाको तयारी


अष्ट्रेलियाले लामो समयदेखि बन्द गरेको आफ्नो अन्तर्राष्ट्रिय सिमा नोभेम्बरबाट खोल्ने भएको छ। कोभिड संक्रमण फैलन नदिन १८महिनादेखि अष्ट्रेलियाले सिमा बन्द गरेको थियो ।

अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले पत्रकार सम्मेलनमार्फत अन्तर्राष्ट्रिय सिमा खोल्ने बताएका हुन्। उनका अनुसार ८० प्रतिशत खोप लगाइएका राज्यहरूका लागि अन्तर्राष्ट्रिय सिमाना अर्को महिनादेखि खुला रहनेछ । सीमा प्रतिबन्धलाई पनि सहज गराउने प्रधानमन्त्री मोरिसनले जानकारी दिएका छन्।

अष्ट्रेलिया सरकारले खोप लगाएका मानिसलाई प्रवेश दिने गरी अष्ट्रेलियाले आफ्नो सीमा खोल्न लागेको हो।

यस्तै, पूर्णरूपमा खोप लगाइएका अष्ट्रेलियालीहरू र वेल्समा आउने स्थायी बासिन्दाहरूलाई एकसम्म घरमै क्वारेन्टिनमा बस्न सक्ने व्यवस्था गरिएको छ। त्यहाँका नागरिक र विदेशमा फसेकाहरुलाई मात्रै प्रवेश दिइने बताइएको छ।

एजेन्सी


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ