२०८१ असार ४, सोमबार
Health Aawaj logo
गृहपृष्ठअन्यब्रेस्ट क्यान्सर जितेकी ३६ वर्षीया जेसिकाले बनाइन् एप, जो ब्रेस्ट क्यान्सर पत्ता लगाउन सहयोग गर्छ

ब्रेस्ट क्यान्सर जितेकी ३६ वर्षीया जेसिकाले बनाइन् एप, जो ब्रेस्ट क्यान्सर पत्ता लगाउन सहयोग गर्छ


ब्रेस्ट क्यान्सर जितेकी ३६ वर्षीया जेसिका बलदाद ती महिलालाई सहयोग गरिरहेकी छन् । जो ब्रेस्ट क्यान्सरसँग लडिरहेका छन् । जेसिकाले एउटा यस्तो एप विकसित गरेकी छन्, जो ब्रेस्ट क्यान्सर पत्ता लगाउन सहयोग गर्छ ।

उनले उक्त एपको नाम ‘फील फर योर लाइफ’ राखेकी छन् । यो एपले ब्रेस्ट क्यान्सरको स्थितीलाई ट्रयाक गर्ने बताइएको छ । एपले महिलालाई नोटिफिकेसन पठाएर जरुरी जाँच र सावधानीका बारेमा बताउने काम गर्छ । ब्रेस्ट क्यान्सर संसारभरका महिलाहरुमा देखिने आम क्यान्सर हो । महिला मृत्युको यो दोस्रो ठूलो कारण मानिन्छ ।

जेसिका भन्छिन्, ‘जतिबेला म कलेजमा थिए, मेरो शरीरमा ब्रेस्ट क्यान्सर सुरु भयो । म जागरुक थिए र नियमित ब्रेस्ट क्यान्सरको परीक्षण गर्थे । यही दौरान मलाई ब्रेस्ट क्यान्सरजस्तो गाठो महसुस भयो । तर, त्यो गाँठो क्यान्सर थिएन र डाक्टरकोमा गएर उपचार सुरु गरे । शल्यक्रिया गरेर चिकित्सकहरुले गाँठो निकालिदिए ।’

यो घटनापछि उनी आफू एलर्ट भएको बताउँछिन् । त्यसपछि पनि उनले नियमित ब्रेस्ट क्यान्सर जाँच गर्न छोडिनन् । केही समयपछि पुनः दोस्रो पटक उनको गाँठो महसुस गरिन् । यस पटक जाँच गराएपछि उनमा क्यान्सर पुष्टि भयो । तर, उनलाई चिकित्सकहरुले सिधैं केही भनेनन् । ‘त्यसपछि म पुनः अर्को चिकित्सक कहाँ गए । उनले कयौं पटकको अल्ट्रासाउण्डपछि क्यान्सर भएको बताए ।’

त्यसपछि आफू निकै डराएको उनको सुनाइन् । त्यतिबेला उनी आफ्नी काकीको अन्तिम संस्कार पनि जान सकिनन्, जसको मृत्यु ब्रेस्ट क्यान्सरकै कारण भएको थियो । उनलाई विस्तारै परिवारलाई निराश बनाउन थालेकोजस्तो लाग्न थाल्यो । उपचारका दौरान केमोथेरापी १६ पटक गरियो । दुई पटक मास्टेक्टोमी गरियो । कुल २५ घण्टामा रेडियसनमा बित्यो । त्यसपछि उनको फ्लैप रिन्कस्टक्सन सर्जरी भयो । शल्यक्रियाका दौरान पेटबाट फ्याट टिस्यु र रक्त बाहिनीको सहयोगले ब्रेस्टलाई आकार दिइयो ।

जेसिका एक व्यवसायिक एप डेभलपर हुन् । तर, मानिसहरुलाई सहयोग गर्नु उनको जुनुन हो । आफूलाई परेको आपतबाट पाठ सिकेर उनले ब्रेस्ट क्यान्सर थाहा पाउन सहयोगी एप विकास गरेकी हुन् ।

एजेन्सी 


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ