२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यके हो डिप्थीरिया रोग ? कसरी बच्ने ?

के हो डिप्थीरिया रोग ? कसरी बच्ने ?


कहिलेकाँही मानिसले सामान्य लिएको स्वास्थ्य समस्याले पनि गम्भीर रुप लिन सक्छ। यस्तै समस्या मध्ये एक हो डिप्थीरिया। यो एक गम्भीर संक्रामक रोग हो। जुन दुई वर्षका शिशु देखि १० वर्षसम्मका उमेर समूहका बच्चामा बढी देखिने गर्छ।

यस रोगबाट ज्वरो, घाँटीमा समस्या देखा पर्ने, गन्थ्री सुनिने र कमजोरी आदि जस्तो स्वास्थ्य समस्या देखा पर्छ। यस संक्रमणको विशेष हानिकारक प्रभाव हृदयमा पर्छ। केहि बिरामीको सो कारणले मुटुको धड्कन नै रोकिने गर्छ र ज्यान समेत जाने सम्भावना हुन्छ। यसको सुरुवातको लक्षणको पहिचान गर्न सकेमा यो रोगबाट छुट्कारा पाउन सकिन्छ।

आउनुहोस जानौं डिप्थीरियाको लक्षण र यसबाट बच्ने घरेलु उपाय :-

  • डिप्थीरियाको लक्षण
  • नाकबाट सिगान आउनु,
  • घाँटी दुख्ने,
  • ज्वरो आउने,
  • आफैंलाई बिरामी महसुस गर्नु,

बच्ने उपाय

लसुन

लसुनले कयौं रोग भएका व्यक्तिलाई फाइदा गर्छ। जसमा डिप्थीरिया पनि सामेल छ। यसको लागि नियमितरुपमा लसुनको ३ पोटि चपाएर निल्ने गर्दा धेरै राहत मिल्छ। भने सधै २ चम्चा पिनेको लसुन पनि खान सक्नु हुन्छ।

अनारको जुस

अनारको जुस दिनमा कयौंपटक पिउँदा डिप्थीरियाबाट छुटकारा पाउन सकिन्छ। यो जुस संक्रमणको लक्षणमा त सुधार गर्छ नै, साथै यसमा बीटा क्यारोटिन पनि हुने गर्छ जुन डिप्थीरियाको उपचारमा मद्दत गर्छ।

तुलसीको पातको प्रयोग

तुलसीको पातमा एन्टीब्याक्टेरियल गुण हुन्छ। जसले श्वासप्रश्वास संक्रमणको उपचारमा मद्दत पुर्याउँछ। पानीमा तुलसी हालेर पिउँदा डिप्थीरियाबाट छुटकारा पाउन सकिन्छ।

– एजेन्सी


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ