२०८३ असोज १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठ ∕ अन्य ∕ दशैंमा नर्भिकबाट वेलनेस प्याकेज लिँदा छुट पाइने

दशैंमा नर्भिकबाट वेलनेस प्याकेज लिँदा छुट पाइने


काठमाडौं—नेपाली हिन्दूहरुको महान पर्व बडादशैंको अवसर पारेर नर्भिक इन्टरनेशनल हस्पिटलले विशेष प्याकेजको घोषणा गरेको छ । नर्भिक अस्पतालले दशैं अवधिभर विभिन्न प्याकेज खरीद गर्नेहरुका लागि छुटको घोषणा गरेको हो ।

अस्पतालले अक्टोबर १०(आज)देखि अक्टोबर १६ सम्म अस्पतालमा उपलब्ध सबै खालका वेलनेस प्याकेजहरुमा अतिरिक्त १० प्रतिशत छुटको घोषणा गरेको हो ।

सबै खालको वेलनेस प्याकेज लिनेले १० प्रतिशत अतिरिक्त छुटको रुपमा पाउनेछन् ।

नर्भिकले यस्ता विशेष अवसर, चाडपर्वलगायतमा समेत छुटको विशेष प्याकेज घोषणा गर्दै आइरहेको छ ।

नर्भिकले प्रत्येक शनिवार संचालन गर्ने निःशुल्क ओपिडी अभियानप्रति पछिल्लो समय सर्वसाधारणको आकर्षण बढ्दो छ ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ