२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्यदशैंमा नर्भिकबाट वेलनेस प्याकेज लिँदा छुट पाइने

दशैंमा नर्भिकबाट वेलनेस प्याकेज लिँदा छुट पाइने


काठमाडौं—नेपाली हिन्दूहरुको महान पर्व बडादशैंको अवसर पारेर नर्भिक इन्टरनेशनल हस्पिटलले विशेष प्याकेजको घोषणा गरेको छ । नर्भिक अस्पतालले दशैं अवधिभर विभिन्न प्याकेज खरीद गर्नेहरुका लागि छुटको घोषणा गरेको हो ।

अस्पतालले अक्टोबर १०(आज)देखि अक्टोबर १६ सम्म अस्पतालमा उपलब्ध सबै खालका वेलनेस प्याकेजहरुमा अतिरिक्त १० प्रतिशत छुटको घोषणा गरेको हो ।

सबै खालको वेलनेस प्याकेज लिनेले १० प्रतिशत अतिरिक्त छुटको रुपमा पाउनेछन् ।

नर्भिकले यस्ता विशेष अवसर, चाडपर्वलगायतमा समेत छुटको विशेष प्याकेज घोषणा गर्दै आइरहेको छ ।

नर्भिकले प्रत्येक शनिवार संचालन गर्ने निःशुल्क ओपिडी अभियानप्रति पछिल्लो समय सर्वसाधारणको आकर्षण बढ्दो छ ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ