२०८१ वैशाख ११, मंगलबार
Health Aawaj logo
गृहपृष्ठअन्यकोभिड-१९ संक्रमण भएकाहरुलाई एक वर्षपछि पनि स्वास्थ्य समस्या देखिन सक्छ : अनुसन्धान

कोभिड-१९ संक्रमण भएकाहरुलाई एक वर्षपछि पनि स्वास्थ्य समस्या देखिन सक्छ : अनुसन्धान


कोभिड-१९ संक्रमणमुक्त १ वर्षपछि बिरामीहरु यसको खतरा र साइड इफेक्टबाट जुधिरहेका छन् । कोभिड-१९ संक्रमणमुक्त भएकाहरुमा भएको अनुसन्धानमा सचेत रहनुपर्ने खालको छ । अमेरिकी शोधकर्ताहरुकाअनुसार कोभिड-१९ को हल्का लक्षण देखिएका बिरामी, जो हस्पिटलमा भर्ती भएनन्, उनीहरुमा वर्षपछि हृदय रोगको खतरा कम हुँदैन ।

यस्ता बिरामीमा ३९ प्रतिशत हर्ट फेल र २४ प्रतिशतसम्म स्ट्रोकको रिस्क रहन्छ । यतिमात्रै होइन्, ११९ प्रतिशत पल्मोनरी एम्बोलिज्म (ब्लड कलटिङको प्रकार) र २७७ प्रतिशतसम्मलाई मुटु सुन्निने आशंका बनिरहेको हुन्छ ।

हल्का लक्षण भएका व्यक्तिहरु पनि यो खतराबाट बाहिर छैनन् । शोधकर्ताहरुकाअनुसार जो बिरामी हस्पिटलमा भर्ती भएका थिए, उनीहरुमा यस्तो खतरा अझ बढी हुन्छ । तर, हल्का लक्षण भएका बिरामीमा पनि खतरा कम छैन । यो अनुसन्धान अमेरिकाको वासिगटन युनिभर्सिटी युनिभर्सिटी एवं सेन्ट लुइस हेल्थ केयर सिष्टम मिलेर गरेका थिए ।

शोधकर्ता जियाद अल अली भन्छन्, ‘रिकभर भएपछिका साइड इफेक्ट निकै फरक छन् । सरकार र हेल्थ सिष्टमसँग जोडिएका मानिसहरुले यो सम्झनुपर्ने जरुरी छ कि कोभिड—१९ असर लामो समयसम्म चल्छ । लङ कोभिडको परिणाम सताउने खालका छन् । तर, मानिसहरु यसलाई गम्भीरपूर्वक लिइरहेका छैनन् ।’


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ