२०८१ असार ३१, सोमबार
Health Aawaj logo
गृहपृष्ठअन्यमेडिकल काउन्सिलको मंसिरमा हुने निर्वाचनका लागि अन्तिम मतदाता नामावली प्रकाशन

मेडिकल काउन्सिलको मंसिरमा हुने निर्वाचनका लागि अन्तिम मतदाता नामावली प्रकाशन


काठमाडौं—नेपाल मेडिकल काउन्सिलको १ उपाध्यक्ष र ८ सदस्य पदका लागि आगामी मंसिरमा हुने निर्वाचन भोट दिन पाउने अन्तिम मतदाता नामावली प्रकाशन भएको छ । डा. गणेशकुमार राई नेतृत्वको निर्वाचन समितिले सोमबार मतदाताको अन्तिम नामावली प्रकाशन गरेको हो ।

काउन्सिलको ३—४ मंसिरमा उपत्यकाबाहिर र १०—११ मंसिरमा उपत्यकाभित्र निर्वाचन हुँदैछ । यसअघि काउन्सिलको ९ भदौंमा बसेको पूर्ण बैठकले डा. राईका नेतृत्वमा डा.मधुसुदन पुन, डा. मनोज हुमागाई सदस्य रहेको निर्वाचन समिति गठन गरेको थियो । जसको सदस्य सचिवमा अनिता लामा रहेकी छन् ।

काउन्सिलको निर्वाचनमा ८ भदौंसम्म काउन्सिलमा दर्ता भएका चिकित्सकहरुले भाग लिने पाउनेछन् ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ