२०८१ जेठ ३१, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअन्यस्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी चाडपर्व मनाउन दाहालको आग्रह

स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी चाडपर्व मनाउन दाहालको आग्रह


काठमाडौं—नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले स्वास्थ्य सुरक्षा मापदण्डहरु पालना गरेर दसैं मनाउन आग्रह गरेका छन् । मंगलबार दसैंको शुभकामना सन्देश दिदैं दाहालले उक्त आग्रह गरेका हुन् ।

कोभिड—१९ का कारण अझै सहज रुपमा चाडपर्व मनाउने अवस्था नभएको भन्दैं उनले यस्तो आग्रह गरेका हुन् ।

‘कोरोना भाइरस (कोभिड—१९) का कारण अझै सहज रुपमा चाडपर्व मनाउने अवस्था नभएको सन्दर्भमा स्वास्थ्य सुरक्षाका सबै प्रकारका मापदण्डहरुको पालना गरी चाडपर्व मनाउन अपील गर्दै पुनः एक पटक सुस्वास्थ्य, दीघार्यु र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु,’ दाहालले आफ्नो शुभकामना अपीलमा भनेका छन् ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ