२०८१ असार २९, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्य४३ प्रमुख कन्सल्टेन्ट र कन्सल्टेन्ट चिकित्सकसहित स्वास्थ्यका कर्मचारीहरूका लागि लोकसेवाद्वारा बढुवाको आवेदन माग

४३ प्रमुख कन्सल्टेन्ट र कन्सल्टेन्ट चिकित्सकसहित स्वास्थ्यका कर्मचारीहरूका लागि लोकसेवाद्वारा बढुवाको आवेदन माग


काठमाडौं—लोकसेवा आयोगले ४३ जना प्रमुख विशेषज्ञ र विशेषज्ञ चिकित्सकसहित स्वास्थ्य सेवाका विभिन्न पदमा बढुवाका लागि आवेदन माग गरेको छ । आयोगले २७ कात्तिकमा सूचना प्रकाशित गर्दै विभिन्न विधाका ११ औं तहका १३ जना प्रमुख विशेषज्ञ चिकित्सक ९ औं तहका ३० जना विशेषज्ञ चिकित्सकको बढुवाका लागि आवेदन खुला गरेको हो ।

आयोगले स्वास्थ्य सेवातर्फको आकर्षक मानिने ११ औं तहमा बढुवाका लागि १३ जना प्रमुख विशेषज्ञका लागि आवेदन माग  गरेको छ । जसमा ग्यास्ट्रोइन्ट्रोलोजिष्ट, हेपाटोलोजिष्ट, डर्माटोलोजिष्ट, इएनटी, इन्डोक्राइनोलोजिष्ट, अर्थोपेडिक, पेडियाट्रिक, एनेस्थेसियालोजिष्ट, प्याथोलोजिष्ट, डेन्टल सर्जनलगायतमा माग गरेको हो । यस्तै, ९ औं तह विशेषज्ञ चिकित्सक विभिन्न विधामा बढुवाका लागि ३० जना चिकित्सकको लागि आवेदन माग गरिएको छ ।

यस्तै, स्वास्थ्य सेवा अन्य विभिन्न विद्यामा पनि बढुवाका लागि लोकसेवाले आवेदन खुला गरेको छ ।

*यसअघि समाचारमा असावधानीबस अन्याथा भएकाले सच्चाइएको छ ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ