२०८१ वैशाख २१, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्यचिकित्सा क्षेत्रमा ठुलो उपलब्धि : सुँगुरको मृगौला मानव शरीरमा प्रत्यारोपण सफल

चिकित्सा क्षेत्रमा ठुलो उपलब्धि : सुँगुरको मृगौला मानव शरीरमा प्रत्यारोपण सफल


अमेरिकामा सुँगुरको मृगौला मानिसको शरीरमा प्रत्यारोपण गरिएको छ । अमेरिकाको एनवाईयू ल्याङ्गोन हेल्थ न्यूयोर्कका चिकित्सकहरूले मानव शरीरमा सुँगुरको मृगौला  सफलतापूर्वक प्रत्यारोपण गर्न सफल भएका हुन्।

जनावरको मृगौला मानिसमा प्रत्यारोपण गरिएको यो विश्वमै पहिलोपटक हो।

यस प्रत्यारोपणका लागि लामो समयदेखि अध्ययनअनुसन्धान गरिएको थियो।  सो सफल प्रत्यारोपणले आउने दिनहरुमा मानवअङ्गको कमीलाई पुरा गर्ने चिकित्सकहरुको विश्वास छ।

जनावरको अङ्ग मानव शरीरमा प्रत्यारोपण सम्बन्धि लामो समयदेखि हुँदै आइरहेको अध्ययनमा सफलता हात परेको छ । पछिल्लो पटक सुँगुरको मिर्गौला मानव शरीरमा सफलतापूर्वक प्रत्यारोपण गर्न चिकित्सकहरू सफल भएका हुन् ।

सुँगुरको मिर्गौला  ‘ब्रेन–डेथ’ भएकी एक महिलामा प्रत्यारोपण गरिएको छ। उनको मृगौला फेल भएको थियो। परिवारको अनुमति पछि भेन्टिलेटरमा राखिएकी सो महिलामा प्रत्यारोपणको प्रक्रिया अघि बढाइएको शल्यक्रियाको नेतृत्व गरेका चिकित्सक डा. रोबर्ट मोन्टगोमरीले बताए। सो मृगौलाले शरीरमा काम गरिरहेको उनको दावी छ।

डा. रोबर्ट मोन्टगोमरी

सुँगुरको कोषहरुमा पाइने चिनी मानव शरीरलाई स्वीकार गर्दैन। जसकारण यसअघि गरिएको अनेकौं प्रयास सफल हुन सकेको थिएन।

त्यसैले यसपटक डाक्टरहरु विशेष परिमार्जित जीनभएका सुँगुरहरुलाई प्रयोग गरे। यसमा सुँगुरको कोषमा भएका सुगरलाई खतम गर्ने र इम्यून सिस्टमलाई हमलाबाट बचाउम केहि   केहि आनुवंशिक परिवर्तन गरिएको थियो।

एजेन्सी 


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ