२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यदिमागलाई शान्त बनाउन दैनिक बिहान ५ मिनेट लामो श्वास लिनुहोस्

दिमागलाई शान्त बनाउन दैनिक बिहान ५ मिनेट लामो श्वास लिनुहोस्


श्वासप्रश्वास एउटा अनियन्त्रित प्रक्रिया हो । श्वास फेर्न हामीलाई कुनै थप उर्जा खर्च गर्नुपर्दैन । तर, राम्रोसँग श्वासप्रश्वास लिएमा यसले स्वस्थ मात्र बनाउँदैन मानिसलाई दीर्घजीवी पनि बनाउँछ ।

बिहान ५ मिनेट जति लामो श्वास लिने र छाड्ने गर्नुपर्छ । यसरी गरिने श्वासप्रश्वास व्यायामका केही फाइदा यस प्रकार छन्।

तनाबमुक्त बनाउछ – गहिरो श्वासले शरिरमा अक्सिजनको प्रवाह बढाउछ र तनाब, चिन्ता र त्रास घटाउँछ ।

शरिरको विष फालिदिन्छ – श्वासप्रश्वासबाट मानिसको शरिरबाट ७० प्रतिशतभन्दा बढी खराब तत्व निस्काषन गरिदिन्छ ।

दिमागलाई शान्त बनाइदिन्छ – अत्याधिक तनाब र चिन्ताले विभिन्न स्वास्थ्य समस्या उत्पन्न हुन्छ । गहिरो श्वास लिँदा दिमागमा अक्सिजनको आपूर्ति बढाउँछ र चिन्ताको मात्रा घट्नुका साथै शरिरलाई आनन्द र प्रफुल्ल बनाउँछ ।

अन्य अंगलाई पनि सहयोग – गहिरो श्वास प्रश्वासको व्यायामले मुटु, पेट, लिभर, साना आन्दालाई मसाज गरिदिन्छ र ती अंगमा रक्तप्रबाह गरिदिन्छ ।

  • एजेन्सी

क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ