२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यचीनमा पुन: लकडाउन लागु, स्कुल, फ्लाइट, पर्यटनस्थल बन्द

चीनमा पुन: लकडाउन लागु, स्कुल, फ्लाइट, पर्यटनस्थल बन्द


बेइजिङ-कोभिड-१९को त्रास चीनमा फेरी बढ्न थालेको छ। लगातार पुन कोभिड-१९ का केस देखिन थालेपछि चीनले कयौं फ्लाइट, कलेज, स्कुल बन्द गरेको छ।

केहि स्थानमा त लकडाउन नै जारी गरिएको छ। बढ्दो कोभिड केससँगै  सरकार फेरी सचेत भएको छ। धेरै उडानहरु रद्द गरिएका छन्। स्कुल कलेज पनि बन्द भएको छ। केही ठाउँमा लकडाउन पनि लगाइएको छ।

१६ अक्टुबरबाट चीनको उत्तरमा यात्रा पर्यटनसँग जोडिएको कम्तिमा ९ प्रान्तीयस्तरका क्षेत्रहरुमा कोभिड केस पुगेका छन्। भित्री मंगोलिया गान्सु प्रान्तका केही भागमा कडा तालाबन्दी गरिएको छ।त्यहाँका धेरै विद्यालयहरु बन्द छन्।

यस्तै, बेइजिङको एक विद्यालय पनि बन्द गरिएको छ।

चीनको उत्तर पश्चिमी शहरमा संक्रमण तीब्ररुपमा फैलिरहेको छ। केहि बाहिरबटा आएका यात्रीहरुलाई यसको आउटब्रेकका लागि जिम्मेदार मानिएको छ। जसकारण अहिलेबाटै प्रशासनले कडा कदम चालेको छ।

कोभिड केस बढ्दै गएपछि शीआन लेंज्यूलपको फ्लाइटहरु पनि रद्द गरिएको छ।

-एजेन्सी


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ