२०८१ जेठ ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्यरुघाखोकीबाट राहत पाउन गर्नुहोस यी योगासन

रुघाखोकीबाट राहत पाउन गर्नुहोस यी योगासन


मौसम परिवर्तन हुन थालेको छ। गर्मी जाँदैछ भने जाडोको मौसम सुरु हुने क्रममा छ। यस्तो स्थितिमा शरीर बदलिदो मौसमलाई एडजेस्ट गर्न समय लिने गर्छ। सामान्यतया यी दिनहरुमा मानिसहरुलाई रुघाखोकी समस्या हुन थाल्दैछ।

रुघाखोकी केही दिनमा आफैं निको हुन्छ, तर कहिलेकाहिँ भने रुघाखोकीले धेरै दिनसम्म पनि ठिक नहुने हुन्छ। बदलिदो मौसम बाहेक, भाइरल संक्रमण, चिसो हावा, व्यायामको कमी, आहारको कमीले पनि मानिसलाई रुघाखोकी लाग्ने गर्छ। यदि यो सही समयमा यसको निवारण गरिएन र आवश्यक सावधानी अपनाइएको छैन, तब यो फ्लू र ब्रोन्कोपनेमोनियाको रूप लिन्छ।

जाडोमा मानिसहरु घरमा घरेलु उपचार अपनाउँछन्। यस्तो स्थितिमा योगको नियमित अभ्यास पनि रुघाबाट राहत दिन्छ। रुघाखोकीबाट राहत पाउने केहि योग छन् जसले तपाईलाई छिटोभन्दा छिटो स्वस्थ बनाउँछ।

बाम भस्त्रिका

बम भस्त्रिका योग गर्दा रुघाखोकी हुँदा धेरै फाइदा गर्छ। यो योग गर्नको लागि दाहिने हातको औंलाले दाहिने नाकको बन्द गर्नुहोस्। र, बायाँ नाकको माध्यमबाट छिटो श्वास फेर्नुहोस्। यो प्रक्रिया दस पटक गर्नुहोस्। श्वास फेर्दा तपाइको पेटभित्र आउनु पर्छ र जब तपाइ श्वास फेर्नु हुन्छ तपाइँको पेट बाहिर आउनु पर्दछ। त्यसपछि बायाँ नाकको तर्फबाट उही प्रक्रिया दोहोर्याउनुहोस्।

भुजंगासन

यो योग मुद्रा गर्नको लागि सबैभन्दा पहिला पेटको शाहाराले सुत्नुहोस् र आफ्नो काँध मुनि आफ्नो हत्केलाहरु राख्नुहोस्। श्वास लिनुहोस् र शरीरको अगाडिको भाग माथि उठाउनुहोस्। १०-२० सेकेन्डसम्म सोहि स्थितिमा रहनुहोस् र त्यसपछि सामान्य स्थितिमा फिर्ता आउनुहोस्। भुजंगासन धेरै अन्य स्वास्थ्य समस्याहरुका लागि पनि लाभदायक मानिन्छ।

वज्रासन

यो योगका लागि सबैभन्दा पहिला घुँडा टेकेर बस्नुहोस्। अब आफ्नो पैताला जाघमा सेट गर्नुहोस। आफ्नो हात आफ्नो जांघहरु र तपाइँको पीठ सीधा राख्नुहोस्। एक गहिरो श्वास लिनुहोस् र लगभग १० मिनेटको लागि यो स्थितिमा रहनुहोस्, तब एक आरामदायिक बस्ने स्थितिमा फर्कनुहोस्।


क्याटेगोरी : अन्य, जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ