२०८१ जेठ ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्यविशेषज्ञको सल्लाह : यी हुन् फोक्सोलाई स्वस्थ राख्न ध्यान दिनैपर्ने ५ कुरा

विशेषज्ञको सल्लाह : यी हुन् फोक्सोलाई स्वस्थ राख्न ध्यान दिनैपर्ने ५ कुरा


काठमाडौँ – कोभिड—१९ रिकभरीपछि फोक्सो पूर्ण रुपमा पहिलेको जस्तो स्वस्थ भएको हुँदैन । संक्रमणमुक्त भएपछि पनि फोक्सो स्वस्थ हुने क्रममै रहेको हुन्छ ।

विशेषज्ञहरुकाअनुसार जाडो सुरु भएको छ भने तिहारको सेलिब्रेसन पनि चलिरहेको छ । यस्तो बेला खासगरी फोक्सो स्वास्थ्यको ख्याल राख्न जरुरी छ । संसारभर हरेक वर्ष ४० लाख मानिसहरु श्वासप्रश्वाससँग सम्बन्धित बिमारीका कारण अकालमा ज्यान गुमाउँछन् ।

कोभिड—१९ को महामारीकापछि यस्ता केसहरु अझ बढेका छन् । मुम्बईको ग्लोबल हस्पिटलका पल्मोनोलोजिष्ट एण्ड क्रिटिकल केयर विभागका सिनियर कन्सल्टेन्ट डा. हरिश चाफले कोभिड—१९ संक्रमणपछि फोक्सोलाई कसरी स्वस्थ बनाउने भन्ने विषयमा सुझाव दिएका छन् ।

फोक्सोलाई स्वस्थ राख्नका लागि ध्यान दिनुपर्ने ५ कुरा

१. खुला ठाउँमा कसरतबाट बच्नुहोस् ।

विशेषज्ञहरु भन्छन्, जाडोका कारण विहान र साँझ प्रदुषण अत्याधिक बढेको हुन्छ । यस कारण खुला ठाउँमा एक्ससाइज गर्नुको साटो कोठाभित्रै एक्ससाइज गर्नु फाइदाजनक हुन्छ । तर, कोठाको भेन्टीलेसन राम्रो हुनुपर्छ ।

जाडोमा खुला ठाउँमा एक्ससाइज गर्नु मुटुका लागि पनि फाइदाजनक नहुन सक्छ । एक्ससाइजपछि तुरुन्तै घरबाट बाहिर ननिस्कनुहोस्, यसको शरीरमा नराम्रो असर पर्न सक्छ ।

२. स्पाइरोमेट्रीको प्रयोग गर्नुहोस् ।

स्पाइरोमेट्री (ब्रेथिङ कसरत गर्ने उपकरण) फोक्सोलाई बलियो बनाउनुहोस् ।

यसबाट फोक्सोको कसरत हुन्छ । यदि तपाईंलाई पटक—पटक श्वास फुल्ने समस्या छ भने स्पाइरोमेट्रीको प्रयोग गर्नु एकदमै सही विकल्प हुन हो । स्पाइरोमेट्री एक डिभाइस हो, जसको पाइपको माध्यमबाट फुक्नुपर्छ । यसबाट फोक्सोको काम गर्ने क्षमता वृद्धि हुन्छ ।

३. मास्क अनिवार्य लगाउनुहोस् ।

कोभिड—१९ संक्रमणमुक्त भएरका बिरामी जसलाई अझै श्वास फेर्न अप्ठ्यारो भइरहेको छ, उनीहरुले घरबाट बाहिर निस्कदा अनिवार्य मासक लगाउनुपर्छ । यसले कयौ प्रकारले बिरामीलाई सहयोग गर्छ । पहिलो यसले धुँलो र प्रदुषणबाट बच्न सहयोग गर्छ । दोस्रो, यो संक्रमणको जोखिम पनि घटाउ छ ।

४. पल्स अक्सिमिटरबाट अक्सिजन लेभल चेक गर्नुहोस ।

विशेषज्ञहरु जाडो मौसममा अक्सिजन लेभल नाप्नु एकदमै जरुरी रहेको बताउँछन् । किनभने, जाडोका कारण श्वास नलीहरु खुम्चिन्छन् । शरीरमा अक्सिजन लेभल कति छ यसको जानकारी राख्नु एकदमै जरुरी छ । यसको जानकारी लिनका लागि पल्स अक्सिमिटरको प्रयोग गर्नुपर्छ ।

५. गहिरो श्वास लिने कसरत गर्नुहोस् ।

फोक्सोलाई बलियो बनाउनका लागि जति स्पाइरोमेट्रीले काम गर्छ, त्यति नै राम्रो गहिरो श्वास लिने ब्यायाम गर्दा पनि हुन्छ । यसका लागि प्राणायाम र अनुलोम—विलोम गर्नुहोस् ।

प्रणाययाम फोक्सोको क्षमता बढाउने काम गर्छ । ध्यान राख्नुहोस्, प्राणायाम गर्दा खाली पेट गर्नुपर्छ । दैनिक कमसे कम १० मिनेट प्राणायक गर्नुहोस् ।

अनुलोम—बिलोमले शरीरमा अक्सिजनका साथै रगतसंचारलाई पनि प्रभावकारी बनाउने काम गर्छ ।


क्याटेगोरी : अन्य, जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ