२०८१ असार ३, आईतबार
Health Aawaj logo
गृहपृष्ठअन्यआईसीयुमा र भेन्टिलेटरमा रहेका कोभिड-१९ संक्रमितको संख्या घट्दैं

आईसीयुमा र भेन्टिलेटरमा रहेका कोभिड-१९ संक्रमितको संख्या घट्दैं


काठमाडौं—कोभिड-१९ संक्रमणमा कारण गम्भीर भएर आईसीयु र भेन्टिलेटरमा उपचाररत संक्रमितको संख्या घट्दैं गएको छ । पछिल्लो समय कोभिड-१९ संक्रमण उल्लेख्य रुपमा घटेसँगै आईसीयु र भेन्टिलेटरमा उपचाररत गम्भीर संक्रमितको संख्या पनि कम हुँदैं गएको हो ।

मन्त्रालयको तथ्यांकअनुसार कुनै समय ४ सयभन्दा बढी कोभिड-१९ का संक्रमित आईसीयुमा उपचाररत रहेकोमा अहिले त्यो संख्या घटेर १ सय ८७ पुगेको छ । यस्तै, कुनै समय २ सय बढी गम्भीर संक्रमित भेन्टिलेटरमा उपचाररत रहेकोमा अहिले यो संख्या घटेर ४३ जनामा झरेको हो ।

सोमबारसम्मको तथ्यांकअनुसार भेन्टिलेटरमा उपचाररत ४३ जना गम्भीर संक्रमितमध्ये सबैभन्दा बढी बागमती प्रदेशमा २८ जनाको उपचार भइरहेको छ । यस्तै, प्रदेश नं. १ मा ९ जना, गण्डकी र लुम्बिनी प्रदेशमा २/२ जना कोभिड-१९ का गम्भीर संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

यस्तै, सुदूरपश्चिम र कर्णाली प्रदेशमा १/१ जना गम्भीर संक्रमित भेन्टिलेटरमा उपचाररत छन् भने प्रदेश नं. २ मा भेन्टिलेटरमा उपचार गर्ने संक्रमितको संख्या शुन्यमा झरेको छ ।

आईसीयुमा उपचाररत १ सय ८७ जनामध्ये बागमती प्रदेशमा १ सय १४ जना संक्रमित आईसीयुमा उपचाररत छन् । यस्तै, गण्डकी प्रदेशमा २५ जना, लुम्बिनी प्रदेशमा २२ जना, प्रदेश नं. १ मा १९ जना र सुदूरपश्चिम प्रदेशमा २ जना संक्रमितको आईसीयुमा उपचार भइरहेको छ ।यस्तै, कर्णाली प्रदेश र प्रदेश नं. २ मा २/२ जना संक्रमितको आईसीयुमा उपचार भइरहेको छ ।

देशभर कोभिड-१९ का सक्रिय संक्रमितको संख्या ७ हजार ६ सय ५४ जना रहेका छन् ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ