२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यहृद्धयघात र स्ट्रोकको खतरा घटाउन १० देखि ११ बजेको बीचमा सुतिसक्नुपर्ने अध्ययनको दावी

हृद्धयघात र स्ट्रोकको खतरा घटाउन १० देखि ११ बजेको बीचमा सुतिसक्नुपर्ने अध्ययनको दावी


हृद्धयघात र स्ट्रोको खतरा घटाउनका लागि राति १० देखि ११ बजेको बीचमा सुतिसक्नुपर्ने दावी नयाँ अनुसन्धानमा गरिएको छ । वैज्ञानिकहरुले यो समयलाई गोल्डेन आवर भनेका छन् । उनीहरुकाअनुसार यो समयमा सुत्ने व्यक्ति वा मुटुको बिरामीका बीच कनेक्सन पाइएको छ, खासगरी महिलाहरु जो ढिलो सुत्छन् ।

यो दावी बेलायतको एक्सेटर युनिभर्सिटीका शोधकर्ताले हालै गरेको एक अनुसन्धानमा गरेका छन् । शोधकर्ताहरुकाअनुसार यदि तपाई आधा रातभन्दापछि सुत्नु हुन्छ भने मुटु ड्यामेज हुन सक्छ ।

मानिसको मुटु र निन्द्राबीच कनेक्सन रहेको शोधकर्ताको दावी छ । अनुसन्धानकर्ताहरुले मानिसको निन्द्रा र मुटुको बिरामबीच एक कनेक्सन छ । जो मानिस ढिलो सुत्छन् र विहान ढिलो उठ्छन्, तिनीहरुको शरीरको चाल डिस्टर्ब हुन्छ । मुटुमा खराब असर पर्छ । त्यसकारण रातमा चाडै सुतेर मुटुको समस्या कम गर्न सकिन्छ ।

यो अनुसन्धान ४३ वर्षदेखि ७४ वर्षबीचका ८८ हजार ब्रिटिस वयस्कमा गरिएको थियो । अनुसन्धानमा सहभागी गराइएका मानिसहरुको हातमा ट्रयाकर लगाइएको थियो ।

ट्रयाकरको माध्यमबाट उनीहरुको सुत्ने र उठ्ने क्रियाकलापलाई अवलोकन गरिएको थियो । यसका साथै उनीहरुको लाइफस्टाइलका बारेमा पनि प्रश्नोत्तर गरिएको थियो । यस्ता मानिसहरुमा ५ वर्षसम्म मुटु रोग, हर्ट अट्याक, स्ट्रोक, हर्ट फेलियरको मेडिकल रेकर्ड समेत राखिएको थियो र त्यसको तुलना गरिएको थियो ।

अनुसन्धानको नतिजा जुन व्यक्ति हर रात १० देखि ११ बजेको बीचमा सुत्छन्, उनीहरुमा मुटु रोगकोे समस्या एकदमै कम देखिएको थियो । जो व्यक्ति आधा रातपछि सुत्छन्, उनीहरुमा यो खतरा २५ प्रतिशतसम्म बढी हुन्छ ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ