२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठअन्यचिसो मौसमका लागि सुपरफुड अमला, यी हुन् ६ फाइदा

चिसो मौसमका लागि सुपरफुड अमला, यी हुन् ६ फाइदा


चिसो मौसम कयौं बिरामी लिएर आउँछ । चिकित्सक तथा विशेषज्ञहरु सिजनल फलफुलको सेवनबाट विभिन्न बिमारीबाट बच्न सकिने सुझाव दिन्छन् । यस्तै एक मौसमी फल हो अमला । चिसो मौसममा अमला खानु शरीरका लागि निकै फाइदाजनक छ ।

१. भरपूर भिटामिन सी
अमलामा भरपूर भिटामिन सी पाइन्छ । १०० ग्राम अमलामा सुन्तलाको तुलनामा १० देखि ३० गुणा धेरै भिटामिन सी हुन्छ । हरेक दिन अमला खानाले मुटुको बिरामीबाट बच्न सकिन्छ । अमलामा पाइने भिटामिन सी एथेरोस्कलेरोसिसजस्तो बिरामीबाट बचाउँछ ।

२. प्रतिरक्षा प्रणालीका लागि फाइदाजनक
चिसो मौसम प्रतिरक्षा प्रणालीका लागि कठिन समय हो । अमलामा पाइने भिटामिन चिसो र भाइरससँग लड्नका लागि प्रतिरक्षा प्रणालीलाई बलियो बनाउँछ । जसका कारण शरीर बिरामीबाट बच्छ ।

३. मुख स्वास्थ्यका लागि लाभदायक
हरेक दिन काचो अमला वा यसको जुस खानाले दाँत र गिजा बलियो बनाउँछ । यसका साथै यसले श्वासको दुर्गन्धलाई पनि हटाउँछ ।

४. ब्लड सुगरलाई नियन्त्रण
अमलामा क्रोमियम नामको तत्व पाइन्छ । यो ब्लड सुगर कन्ट्रोल गर्नका लागि प्रभावकारी मानिन्छ । डाइबिटिजका बिरामीका लागि अमला एक राम्रो फल हो । तर, अमलामा निकै फाइबर हुने भएकाले यसलाई अधिक खानु उपयुक्त हुँदैन ।

५. रगत सफा गर्छ
अमलाले रगतलाई सफा गर्न राख्ने गुण हुन्छ । जसका कारण छाला तथा अनुहार चकमदार र दागरहित हुन्छन् । अमलामा पाइने भिटामिन सी छालालाई हाइड्रेटेड राख्छ । यसले बिग्रिएका त्वचालाई नयाँ जीवन दिन्छ ।

६. डन्डीफोर र सेतो कपालको समस्या हटाउँछ
हरेक दिन अमलाको हेयर क्लिजरले मसाज गर्नाले डण्डिफोर हटाउँछ र कपाललाई चमकदार बनाउँछ ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ