२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यश्वास विना गाँस, बास र कपासको अर्थ बुझाउँदै महजोडी

श्वास विना गाँस, बास र कपासको अर्थ बुझाउँदै महजोडी


काठमाडौँ –  सिओपिडी रोगबाट बच्न सचेतना फैलाउने उद्देश्यले नेपालसहित विश्वभर सिओपिडी दिवस मनाइँदै छ। १७, नोभेम्बरमा विभिन्न कार्यक्रम गर्दै देशभर सो दिवस मनाइने गरिन्छ।

फोक्सो स्वस्थ राख्न नेप्लिज रेस्पिरेटरी सोसाइटी र सिप्ला लिमिटेडले पनि संयुक्त रुपमा गाँस, बास, कपास र श्वास अभियान सञ्चालन गरेका छन्। श्वासप्रश्वासका रोग तथा समस्याबाट जोगाउन र फोक्सो स्वस्थ राख्न चेतना फैलाउने उद्देश्यले ‘सास बिना गाँस, बास र कपास’ नारासहितको अभियान सुरु गरिएको हो।

उक्त अभियान अन्तरर्गत फोक्सो स्वस्थ राख्ने चेतनामुलक कार्यक्रमहरु सञ्चालन हुनेछ। सचेतना अभियानसँगै दम, दिर्घकालिन श्वासप्रश्वास, एलर्जीक राइनाइटिस जस्ता रोगबारे जानकारी, समाधान र बिरामीहरुको लागि सहयोग प्रदान गर्न पनि यो अभियान सुरु गरिएको हो।

लोकप्रिय कलाकार मदन कृष्ण श्रेष्ठ र हरि वंश आचार्य पनि अभियानमा जोडिने

यस अभियानमा चर्चित हास्यजोडी मदन कृष्ण श्रेष्ठ र हरि वंश आचार्य पनि जोडिएका छन्। महजोडीले सो अभियानमा ‘आफ्नो फोक्सोको पनि ध्यान राखौं । श्वास विना गाँस, बास र कपासको के अर्थ ?’ भन्ने नाराका साथ सिओपिडीका बारेमा बुझाउने छन् ।

उनीहरुले सरल र रोचक ढंगमा यस रोग बारे आवश्यक जानकारी, यसका लक्षण र समाधानका उपायहरुबारे जानकारी दिने बताइएको छ।

सीओपिडी नेपालीहरुमा मृत्युको मुख्य कारण मध्ये एक हो । हरेक वर्ष यही रोगका कारणले विश्वभर ३० लाखभन्दा बढी मानिसहरुको मृत्यु हुने गरेको पाइएको छ । नेपालमा यसको व्यापकता ११.७% सम्म छ । त्यसैले यसको बारेमा सबैलाई सचेत गर्न सिप्ला र नेपाल रेस्पीरेटरी सोसाइटीले गाँस, बास, कपास र सास भन्ने अभियान संचालन गरिरहेको हो ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ