२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यमेट्रो अनलाइन ट्याक्सीद्वारा ट्याक्सी चालकहरुको लागि नि:शुल्क दन्त शिविर

मेट्रो अनलाइन ट्याक्सीद्वारा ट्याक्सी चालकहरुको लागि नि:शुल्क दन्त शिविर


काठमाडौं—काठमाडौंमा सञ्चालनमा रहेका ट्याक्सी चालकहरुको स्वास्थ्य सुविधामा ध्यान दिदैं मेट्रो अनलाइन ट्याक्सीले ललितपुरको जावलाखेलमा निःशुल्क दन्त शिविरको आयोजना गरेको छ ।

कम्पनीले हाम्रो डेन्टल क्लिनिकको सहयोगमा शनिबार दन्त शिविर आयोजना गरेको हो । सो दन्त शिविरमा १०० भन्दा धेरै ट्याक्सी चालकहरुको दन्त परिक्षण गरिएको थियो।

मेट्रो अनलाइन ट्याक्सीले आफ्नो एपमा आबद्ध भएका चालकहरुलाई सुविधा दिने उद्धेश्यले विभिन्न सामाजिक कार्यहरु गर्दै आएकोमा हाल दन्त शिविर संचालन गरेको हो ।

मेट्रो अनलाइन ट्याक्सीका बजार व्यवस्थापन प्रमुख सुर्य तामाङले पहिलो पटक दन्त शिविर सञ्चालन गरिएको जानकारी दिँदै यसलाई आगामी दिनमा मासिक रुपमा उपत्यकाभर विस्तार गरिने जानकारी दिए ।

शिविरमा चालकहरुलाई दन्त सुरक्षाको बारेमा परामर्श दिनुका साथै आवश्यक सामग्रीहरु समेत निःशुल्क प्रदान गरिएको थियो।

शिविर सञ्चालन हाम्रो डेन्टल क्लिनिकका संचालक डा.सरोज घिमिरेको नेतृत्वमा ६ जना स्वास्थ्य प्राविधिकहरुले परीक्षण तथा सेवा प्रदान गरेका थिए।

मेट्रो अनलाइन ट्याक्सीले न्यूनतम ९९ रुपैयाँमा नै ट्याक्सी सेवा प्रदान गरिरहेको छ । यसको लागि गुगल प्ले स्टोरमा मेट्रो अनलाइन ट्याक्सी एप उपलब्ध रहेको छ।

मेट्रो अनलाइन ट्याक्सीमा ५ हजारभन्दा धेरै ट्याक्सीहरु समावेश छन् ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ