२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यतौल घटाउनेदेखि रक्तसञ्चारसम्म, यी हुन चिसो मौसममा तातोपानी पिउनुका ६ फाइदा

तौल घटाउनेदेखि रक्तसञ्चारसम्म, यी हुन चिसो मौसममा तातोपानी पिउनुका ६ फाइदा


गर्मीको समयमा शरीरलाई हाइड्रेट राख्न पानी पिइरहनुपर्ने आवश्यकतालाई सबै मानिसहरुले राम्रोसँग बुझेका हुन्छन् । तर, जाडो मौसममा कम पानी पिउनाले शरीर डिहाइड्रेट हुने सम्भावना एकदमै धेरै हुन्छ । तातो पानी पिएर पनि शरीरलाई डिहाइड्रेडबाट बचाउन सकिन्छ । चिसोमा तातो पानी पिउनुका केही अन्य फाइदाहरु पनि छन् ।

१. पाचन प्रक्रियामा सुधार
एक अध्ययनकाअनुसार तातो पानी पिउनाले शरीरको मोटाबोलिक रेटमा सुधार आउँछ जसले डाइजेसनसँग जोडिएका समस्यालाई हटाउँछ । चिसो पानीको तुलनामा तातो पानी शरीरमा ज्वरोजस्ता बिरामीलाई पनि कम गर्छ । धेरै स्वास्थ्य समस्या कम पाउनी पिउनाले नै हुने गर्छन् ।

२. रक्तसञ्चार प्रक्रिया
जाडोमा हाम्रो रक्तचाप गर्मीको तुनालमा बढी हुन्छ । किनभने, गर्मीमा हाम्रो रक्तबाहिनीहरु खुम्चिन्छन्, यही कारण रक्तचाप बढ्छ । तातो पानी यी रक्तबाहिनीहरुलाई फैलाउने काम गर्छन् । जसका कारण रक्तसञ्चारमा सुधार हुन्छ । तर, यसको प्रभावकारिताका विषयमा त्यति धेरै अनुसन्धान भएका छैनन ।

३. शरीरमा हुने पीडाबाट राहत
जाडो मौसममा कयौ मानिसहरुको मांसपेशीमा दुख्ने र पीडा हुने समस्या हुन्छ । तापक्रममा गिरावट आउने काण जोर्नी र हड्डीमा दुखाइ र पीडा हुने समस्या बढ्छ । यस्तोमा तातो पानीले यस्तो दुखाइ र पीडा कम गर्छ । पिरियडको समयमा हुने ऐठन पनि कम गराउन तातोपानीले काम गर्छ ।

४. तौल घटाउने काम
जाडोमा मोटाबोलिज्म रेट कम हुने भएकाले हाम्रो तौल बढ्न थाल्छ । कयौं अध्ययनमा यस्तो दावी गरिएको छ कि तातो पानीले हाम्रो मोटाबोलिज्म सिष्टमलाई बुष्ट गर्छ र शरीरमा जाम हुने फ्याटलाई कम गर्छ, जो मोटोपनको कारण मानिन्छ । त्यसकारण मोटोपन घटाउनका लागि आफ्नो दैनिकी तातो पानीबाट सुरु गर्न आवश्यक छ ।

५. नाक र घाँटीको समस्या
जाडोमा तातो पानीले नाक चुहने, गला खसखस हुनेलगायतका चिसोका कारण हुने समस्याबाट समेत राहत दिन्छ । जाडोमा तातो पानी खोकी, चिसो र संक्रमणको सम्भावनालाई कम गर्छ ।

६. कम्पनबाट राहत
कयौ मानिसहरुलाई जाडो मौसम विल्कुलै फाप्दैन । उनीहरुको शरीर चिसोका कारण कम्पन हुने गर्छ । यस्तो अवस्थामा तातो पानी यो समस्याबाट राहत दिलाउन सक्छ । तातो पानी शरीरको तापक्रमलाई मेन्टेन राख्न सहयोग गर्छ ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ