२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यस्टार अस्पतालको ५० बेडको ‘स्टार नुवाकोट अस्पताल’ संचालनमा

स्टार अस्पतालको ५० बेडको ‘स्टार नुवाकोट अस्पताल’ संचालनमा


ललितपुर—सानेपा–२ स्थित स्टार अस्पतालले नुवाकोटको विदुरस्थित ढुंगे–१ मा ‘स्टार नुवाकोट अस्पताल’ संचालनमा ल्याएको छ । उपत्यका बाहिर बसोबास गर्ने नागरिकलाई सरल र सुलभ दरमा विशेषज्ञ सेवामा पहुँच विस्तार गर्ने योजनाअनुसार अस्पताल १५ बेड बाट ५० बेडमा स्तरोन्नती गरेर संचालन ल्याएको अस्पताले जनाएको छ ।

स्टार अस्पताल सानेपाका कार्यकारी अध्यक्ष किशोर कुमार मर्हजनले औपचारिक उद्घाटन गरेसँगै स्टार नुवाकोट अस्पताल संचालनमा आएको हो । सो क्रममा अध्यक्ष मर्हजनले ५० बेडको अस्पताल सञ्चालनमा आएसँगै नुवाकोट, धादिङ र रसुवाका ३ लाखभन्दा बढी जनसंख्याले लाभ लिन सक्ने विश्वास व्यक्त गरे ।

स्टार अस्पतालका मेडिकल डाइरेक्टर डा. शैल रुपाखेतीले स्टार नुवाकोट अस्पताल एउटा नाफामूलक संस्था मात्रै नभएर स्वास्थ्य सेवामा छुट्टै पहिचान बनाएको संस्था भएको बताए । स्टार अस्पताल सानेपामा सबै खालका विशेषज्ञ सेवा नियमित उपलब्ध भइरहेको भन्दै नुवाकोटका जनताको लागि पनि विशेषज्ञ सेवा उपलब्ध गर्नका लागि स्टार नुवाकोट अस्पताल संचालनमा ल्याएको उनको भनाइ थियो ।

कार्यक्रममा नुवाकोट जिल्लाका विभिन्न संघ, संस्थामा आवद्ध गन्यमान्य व्यक्तिहरुको सहभागिता रहेको थियो । स्टार नुवाकोट अस्पतालले उद्घाटनको उपलक्ष्यमा ४ दिने निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविरसमेत आयोजना गरेको छ ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ