२०८१ साउन ७, सोमबार
Health Aawaj logo
गृहपृष्ठअन्यअष्ट्रेलियाका प्रधानमन्त्री मोरिसनलाई कोरोना संक्रमण

अष्ट्रेलियाका प्रधानमन्त्री मोरिसनलाई कोरोना संक्रमण


अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनमा कोरोना संक्रमण देखिएको छ । मंगलबार गरिएको कोरोना जाँचमा उनमा संक्रमण पुष्टि भएको हो।

शुक्रबार उनी सिड्नीको एक विद्यालयमा आयोजित स्नातक समारोहमा सहभागी भएका थिए । उक्त समारोहमा करिब एक हजार मानिस पुगेका थिए ।अष्ट्रेलियाको प्रधानमन्त्री कार्यालयले संक्रमितको सम्पर्कमा आएका पीएम मोरिसनमा कोरोना पुष्टि भएको जनाएको छ ।

कोभिड–१९ सङ्क्रमित भेटिएपछि प्रधानमन्त्रीको दुईवटा आरटी–पिसिआर परीक्षण नेगेटिभ आएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । यस्तो अवस्थामा उनीहरुलाई आइसोलेसनमा बस्नु नपर्ने चिकित्सकहरुले बताएका छन् ।

यद्यपि, स्कट मोरिसनले पूर्ण सावधानी अपनाइरहेका छन्। उनको ६ दिनपछि पुनः परीक्षण गरिने छ । बुधबार अष्ट्रेलियामा १३६० नयाँ कोरोना संक्रमित भेटिएका छन् । जहाँ मंगलबार ८०४ जना कोरोना संक्रमित भेटिएका थिए ।

-एजेन्सी


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ