२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यकरुणा अस्पतालले हेल्थ एण्ड होमको सहकार्यमा एकदिने ‘बिरामी सुरक्षा सम्मेलन’ गर्दै

करुणा अस्पतालले हेल्थ एण्ड होमको सहकार्यमा एकदिने ‘बिरामी सुरक्षा सम्मेलन’ गर्दै


काठमाडौँ – करुणा अस्पतालले एकदिने बिरामी सुरक्षा सम्मेलन गर्ने भएको छ। अस्पतालले बिरामी सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै उक्त सम्मेलन हेल्थ एण्ड होमको सहकार्यमा पुष १० गते बुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा आयोजना गर्न लागेको हो।

उपचारको क्रममा स्वास्थ्य उपचार पद्दतिमा भएका भुलचुकले बिरामीको ज्यान जोखिममा पर्ने जस्ता घटना नहोस भन्ने उद्देश्यले‘बिरामी सुरक्षा सम्मेलन’ गर्न लागिएको करुणा अस्पतालका प्रमुख कार्यकारी अधिकृत (सिईओ) डा. रामकुमार श्रेष्ठले जानकारी दिए।

‘अस्पतालमा १० जनामामा ४ जना बिरामीमा केहि न केहि रुपले सानो वा ठुलो उपचारको क्रममा हार्म भैरहेको हुन्छ, ‘कार्यकारी अधिकृत डा. श्रेष्ठ भन्छन्,’यसले बिरामीमा संक्रमणको जोखिम, गलत शल्यक्रिया हुनु, औषधिको मात्रा बढी हुनु तथा अस्पतालभित्रै चोटपटक लाग्ने जस्ता घटनाहरु हुन सक्छन् । यस्ता चिकित्सा त्रुटिहरु घटाइ बिरामीको सुरक्षा अभ्यासहरुले सुरक्षित वातावरण निर्माणका लागि पहिलोपटक यो सम्मेलन गर्न लागेका हौँ।’

बिहान ८ बजेबाट सुरु भएर बेलुका ७ बजेसम्म चल्ने सो सम्मेलनमा नेपाल मेडिकल काउन्सिलका प्रतिनिधि, त्रिभुवन युनिभर्सिटीका प्रोफेसर, नर्सिङ्ग स्टाफहरु, गुणस्तरीय तथा सुरक्षा प्रवन्धक, अस्पतालका अधिकारी र विज्ञहरुहरु सहभागी हुने छन्। उनीहरुले कार्य पत्र प्रस्तुत गर्ने र यसमा सचेतनामुलक बहस पनि हुने उनले बताए।

अस्पतालहरुमा हुने असुरक्षित हेरचाहका कारण वर्षेनी १ करोड ३४ लाखको ज्यान जोखिममा हुने तथ्यांकले देखाएको विश्व स्वास्थ्य संगठनले जनाएको छ। जसमध्ये २६ लाख मानिसको मृत्यु हुने गरेको पाइएको छ।

यस्तो सम्मेलनहरु भैरहेमा स्वास्थ्य सेवालाई अझ सुदृढ हुने र अस्पतालहरुमा हुने यस्ता घटनाको जोखिम घट्दै जाने डा. श्रेष्ठ बताउँछन।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ