२०८१ वैशाख २१, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्यडाबर नेपालद्वारा वीर अस्पताललाई २५ लाख रुपैयाँ बराबरको सहयोग हस्तान्तरण

डाबर नेपालद्वारा वीर अस्पताललाई २५ लाख रुपैयाँ बराबरको सहयोग हस्तान्तरण


काठमाडौं—चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पताललाई समग्र चिकित्सा सुविधाहरु सुदृढ गर्न मद्दत गर्ने उद्देश्यसहित डाबर नेपालले २५ लाख बराबरको सहयोग हस्तान्तरण गरेको छ ।

सोमबार डाबर नेपालकी अध्यक्ष तथा प्रबन्ध निर्देशक ईश्वरी राना र नेपाल तथा म्यानमारका व्यापार प्रमुख एच.एस.वेदीले वीर अस्पताल निर्देशक डा. भुपेन्द्र बस्नेतलाई एक कार्यक्रममाझ स्वास्थ्य उपकरण खरिदका लागि उक्त चेक हस्तान्तरण गरेका हुन् ।

डाबर नेपालले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रममार्फत सघन उपचारको लागि सहयोग पु¥याउन उक्त सहयोग गरेको जनाएको छ । उक्त कार्यक्रममा डा. अनुपमा कार्की र प्रा. डा. मनेन प्र. गोर्खालीसमेत उपस्थिती रहेका थिए ।

कार्यक्रममा डाबरका नेपाल तथा म्यानमार व्यापार प्रमुख एच.एस. वेदीले कोभिड(१९ महामारीमा महत्वपूर्ण सेवा प्रदान गरेकाले वीर अस्पताललाई सहयोग गरिएको बताए ।

‘वीर अस्पताल नेपालकै प्रतिष्ठित र अग्रणी सरकारी अस्पताल हो । जसले नेपालका नागरिकहरुलाई अग्रपंक्तिमा रहेर स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको छ,’ उनले भने, ‘अहिलेको विश्वव्यापी महामारीको समयमा यस संस्थाको महत्वपूर्ण स्वास्थ्य सेवाहरु प्रदान गर्ने प्रयासमा हामीले सहयोग गर्नु समय सान्दर्भिक र उपयुक्त रहेको छ ।’


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ