२०८१ वैशाख २१, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्यफिट देखिन बलिउड अभिनेता सलमान यसरी राख्छन् स्वास्थ्यको ख्याल

फिट देखिन बलिउड अभिनेता सलमान यसरी राख्छन् स्वास्थ्यको ख्याल


बलिउड सुपरस्टार सलमान खान ५६ वर्षका भएका छन् । ५६ वर्षको उमेरमा पनि सलमान खान निकै फिट र ह्यान्डसम देखिन्छन् । यो उमेरमा पनि फिट देखिनुको राज अभिनेता सलमान खानले धेरै पटक खुलासा गरेका छन् । अभिनेता खानले आफू शारीरिक रुपमा मात्र नभएर मानसिक स्वास्थ्यको पनि पूर्ण ख्याल गर्ने बताउँछन् ।

तपाईको शारीरिक स्वास्थ्यले तपाईको मस्तिष्कलाई पछ्याउँछ। अर्थात, तपाईले जस्तो महसुस गर्नुहुन्छ र जस्तो सोच्नुहुन्छ, तपाईको शरीरले त्यसरी नै काम गर्ने गर्छन । अभिनेता खानलाई हेरेर कसैले पनि उनको उमेर अनुमान गर्न सक्दैन। यति फिट रहन सलमान खान के गर्छन् ? जानौँ।

दिनचर्या

सलमान खानले प्राय भन्ने गर्छन फिट रहनलाई पहिला आफ्नो रुटिन सुधार्न पर्छ। उनका अनुसार पर्याप्त सुत्नुहोस् र समयमै खाना खानुहोस्। सुत्ने, खाने र काम गर्ने, साथसाथै कसरत गर्ने समय तय गर्नुपर्छ।

फिट रहन कसरत आवश्यक

सलमान खानको फिटनेस हेरेर उनले कति वर्कआउट गरेको हुनुपर्छ भन्ने अनुमान लगाउन सकिन्छ । फिट रहनको लागि कसरत आवश्यक छ। यदि तपाइँ आफ्नो मांसपेशिहरुलाई काममा राख्नुभएन भने, तिनीहरू तपाईको जवान उमेरमै सुस्त हुनेछन्।

खानपान

कसरत गरेर मात्रै शरीर तन्दुरुस्त रहँदैन, राम्रो र स्वस्थकर खानेकुरा खान पनि आवश्यक हुन्छ । सलमान खानको खानामा प्रोटिन र हरियो तरकारी  पनि हुन्छ । प्रोटिन मांसपेशी निर्माण गर्न आवश्यक छ। हड्डीको स्वास्थ्यको लागि  दूध। सलमान खानले आफ्नो खानामा तरकारी र ननभेजको अनुपात निकै सन्तुलित राख्छन् । जसका कारण उनी पूर्ण रुपमा फिट रहन्छन् ।

खुसी हुनु

फिट रहन खुसी हुनु पनि महत्त्वपूर्ण छ। सलमान खानले धेरै प्ल्याटफर्ममा राम्रो शरीरका लागि खुसीले भरिएको मन हुन आवश्यक हुन्छ भन्ने गरेको सुनिएको छ । खुलेर हाँस्नुभयो र धेरै हाँस्नुभयो भने उमेर बढ्ने प्रक्रिया रोकिने उनी बताउने गर्छन। यति गरेमा तपाई चाँडै बुढो देखिन हुन्न।

हाई भोल्युम ट्रेनिङ

सलमान खानले हाई भोल्युम ट्रेनिङ तालिम लिन्छन्। उनले २०भन्दा बढी रिप्स गर्छन र आइतबार भने आरामगर्छन। सलमानका अनुसार हाई भोल्युम ट्रेनिङपछि शरीरलाई आराम दिनु पनि आवश्यक हुन्छ ।

-एजेन्सी

 


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ