२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यजाडोमा बेसार : स्वास्थ्य र सौन्दर्य दुवैमा फाइदा

जाडोमा बेसार : स्वास्थ्य र सौन्दर्य दुवैमा फाइदा


जाडो मौसममा निकै चिसो हुने गर्छ। यस समयमा केहि यस्ता रोगहरु हुन्छन जुन हामीलाई बिरामी बनाउन सक्छन। यस्तोमा हामी आफ्नो शरीरलाई न्यानो बनाउनको लागि कयौं उपाय अपनाउने गर्छौं। ताकी, यस्ता रोगहरुबाट टाढा रहन सकौं। कयौं यस्तो खानेकुरा सेवन गर्ने गर्छौं जसले हामीलाई रोगबाट मुक्त राख्ने गर्छ। ती खानेकुरामध्ये एक हो बेसार । जाडोयाममा बेसारमा दुध होस् वा जसमा बेसार हालिएको हुन्छ। त्यस्ता सबै खानेकुराहरुले हामीलाई निकै फाईदा दिने गर्छ। आउनुहोस जानौं केहि यसको फाइदाबारे…

खासै बेसारमा कयौं औषधीहरुको गुण पाइने गर्छ। जुन हाम्रो शरीरको लागि र जाडोमा त झनै निकै फाइदाजनक हुने गर्छ। जाडो महिनामामा हाम्रो प्रतिरोधात्मक शक्ति निकै कमजोर हुने गर्छ। यसकारण रुघा-खोकी सहित अन्य रोगहरुले व्यक्तिलाई घेर्ने गर्छ। यस्तोमा बेसार प्रतिरक्षा शक्तिलाई बलियो बनाउन निकै मद्दत गर्छ। बेसार एन्टी एलर्जिक, एन्टी फंगल, एन्टी भाइरल र एन्टी ब्याक्टेरियलको काम गर्छ।

जोर्नी दुख्न कम गर्छ

मानिसमा दमको रोग हुने, हाडजोर्नी दुख्ने व्यक्तिलाई जाडोमौसममा बढी समस्या हुने गर्छ। जसलाई पहिलेबाट नै यस्ता खालका समस्याबाट ग्रसित छन्। त्यस्ता व्यक्तिको लागि बेसार निकै फाइदाजनक हुने गर्छ। बेसारमा एन्टी इम्फ्लेमेटरी गुण हुने गर्छ। जसबाट जोर्नीको दुखाई कम गर्न मद्दत गर्छ।

वजन घटाउँछ

जाडो मौसममा मानिसको वजन बढ्ने गर्छ। किनभने चिसोमा हामी तारेको खानेकुरा र मिठाइ बढी खाने गर्छौ। जसकारण वजन बढ्ने गर्छ। तर बेसारले तपाईको यससमस्याबाट छुटकारा दिन निकै मद्दत गर्छ। बढ्दै गरेको कोलेस्ट्रोलबाट छुट्कारा पाउन र वजन घटाउन बेसार निकै लाभदायिक मानिन्छ। मह वा तरकारीमा बेसारको प्रयोग गर्न सकिन्छ। यसको साथै बेसार हालेको दुध पनि निकै उपयुक्त हुने गर्छ।

स्किनको समस्यालाई हटाउँछ

जाडो मौसममा स्किनसँग सम्बन्धित समस्या पनि निकै बढ्ने गर्छ। जसमा स्किन रुखो हुनु आम हुन्छ। यस्तो अवस्थामा हामी कयौं प्रकारको ब्यूटी प्रोडक्ट्स क्रिमको प्रयोग गर्छौं। तर यसबाट छुटकारा पाउनको लागि तपाई बेसारको पेस्टको प्रयोग गर्नुपर्दछ। मह र दुधमा बेसार हालेर एक पेस्ट तयार गरी यस मौसममा शरीरमा लगाउनुपर्छ। यो पेस्ट एक्सफ्लोएटिंग एजेन्टको काम गर्नेछ।

  • एजेन्सी

क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ