२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यभारतमा कोभिड-१९ को ओमिक्रोन भेरियन्टबाट दुई जनाको मृत्यु

भारतमा कोभिड-१९ को ओमिक्रोन भेरियन्टबाट दुई जनाको मृत्यु


नयाँदिल्ली-भारतमा कोभिड-१९ को ओमिक्रोन भेरियन्टबाट दुई जनाको मृत्यु भएको छ । भारतीय सञ्चार माध्यमकाअनुसार भारतको उदयपुरमा ७३ वर्षीय एक पुरुष र महाराष्ट्रमा एक जनाको मृत्यु भएको हो ।

राजस्थानको उदयपुरमा शुक्रबार ७३ वर्षीय पुरुषले ज्यान गुमाएका हुन् । ट्राभल हिस्ट्री नभएका ती व्यक्तिलाई पोष्ट कोभिड—१९ निमोनिया भएको थियो । २१ र २२ डिसेम्बरमा गरिएको पिसिआर परीक्षणमा उनको कोभिड रिपोर्ट नेगेटिभ आएको थियो । तर, २५ डिसेम्बरमा उनमा ओमिक्रोन भेरियन्ट पुष्टि भएको थियो ।

अहिलेसम्म राजस्थानमा ६९ वटा ओमिक्रोन संक्रमणका केस पुष्टि भएका छन् । ओमिक्रोन बढी पुष्टि हुनेमा राजस्थान पाँचौ नम्बरमा छ ।

यस्तै, बिहीबार ओमिक्रोनबाट महाराष्ट्रमा ५२ वर्षीय एक जनाको मृत्यु भएको थियो । दुई हप्ताअघि नाइजेरियाबाट फर्किएका उनको कोभिड परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको थियो ।

२८ डिसेम्बरमा उनलाई हृद्धयघात भएपछि अस्पताल भर्ना गरियो । अस्पतालमा उनको निधन भयो । त्यसपछि शंका लागेर उनको कोभिड—१९ को जिन सिक्वेसिङ गर्दा ओमिक्रोन पुष्टि भएको थियो ।


क्याटेगोरी : अन्य, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ