२०८१ असार ७, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअन्यवरिष्ठ ब्यूटीसियन लक्ष्मी महतको ‘स्वास्थ्य र सुन्दरताका लागि एस्थेटिसियन’ नामक पुस्तक विमोचन

वरिष्ठ ब्यूटीसियन लक्ष्मी महतको ‘स्वास्थ्य र सुन्दरताका लागि एस्थेटिसियन’ नामक पुस्तक विमोचन


काठमाडौँ – वरिष्ठ ब्यूटीसियन लक्ष्मी महतको ‘स्वास्थ्य र सुन्दरताका लागि एस्थेटिसियन’ नामक पुस्तक विमोचन भएको छ । आइतबार एक कार्यक्रममा सिटिईभिटिका पुर्व सदस्य सचिव गोबिन्द गजुरेलले पुस्तकको विमोचन गरेका हुन्।

सो पुस्तकमा छालालाई स्वस्थ राख्ने कुराहरु समावेश गरिएको वरिष्ठ ब्यूटीसियन महतले बताइन। ‘मैले यस पुस्तकबाट छालाको स्याहार सम्बन्धी विषयवस्तु समेटेको छु,’उनले भनिन्, ‘यस किताबमा सौन्दर्यता बारेमा टिप्स पनि दिइएको छ। जुन निकै उपयोगी हुने विश्वास लिएको छु।’

फ्यासोनेट ब्यूटी पार्लर र प्रशिक्षण केन्द्रले यो पुस्तकलाई प्रकाशन गरेको हो ।

सो क्रायक्रममा वरिष्ठ सौन्दर्यविदलाई डा. राजेश्वरी श्रेष्ठलाई विशेष सम्मान गरिनुको साथै अन्य अतिथिलाई पनि सम्मान गरिएको थियो।

लेखक महतलाई पुस्तकका लागि न्यु लुक्स कस्मेटिकका फाउण्डर विश्व किरण जैन, बालाजु स्कुल अफ ईन्जिनियरिङ सिटीईभिटीईका गुणानन्द झा, बाग्मती प्रदेश सिटीईभिटीईका प्रमुख तौलेन्द्र आचार्य, सिटीईभिटीईकी को–अर्डिनेटर राजेश्वरी श्रेष्ठ लगायतले पुस्तकको शुभकामना व्यक्त गरेका थिए । फ्यासोनेट ब्यूटी पार्लर र प्रशिक्षण केन्द्रले यो पुस्तकलाई प्रकाशन गरेको हो । लेखक यस ट्रेनिङ सेन्टरको प्रमुख हुनुहुन्छ ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ