२०८१ साउन ३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअन्यडा. सन्दुक रुइत र डा. भगवान कोइरालालाई इन्स्टिच्युसन बिल्डर एवार्ड

डा. सन्दुक रुइत र डा. भगवान कोइरालालाई इन्स्टिच्युसन बिल्डर एवार्ड


काठमाडौं—वरिष्ठ आँखा रोग विशेषज्ञ प्रा.डा. सन्दुक रुइत र वरिष्ठ मुटु रोग विशेषज्ञ प्रा.डा. भगवान कोइराला इन्स्टिच्युसन बिल्डर एवार्डबाट सम्मानित भएका छन् । शुक्रबार काठमाडौंको द सोल्टीमा आयोजित एक कार्यक्रममाझ प्रधानमन्त्री शेरबहादुर देउवाले डा. रुइत र डा. कोइराला उक्त एवार्ड प्रदान गरेका थिए ।

द एचआरएम नेपाल एवार्ड फर कर्पोरेट एक्सीलेन्स एण्ड एचआरएम नेपाल एवार्ड फर डिस्टिङवीस सर्विस—२०२१ मा डा. रुइत र डा. कोइरालालाई एचआरएम नेपाल एवार्ड फर डिस्टिङवीस सर्विसेज—२०२१ इन्स्टिच्युसन विल्डर दिइएको हो । यस्तै, तिलगंगाले स्वास्थ्यतर्फको द एचआरएम नेपाल एवार्ड फर कर्पोरेट एक्सीलेन्स—२०२१ पाएको हो ।

ग्रोथ सेलरको भगिनी संस्था कर्पोरेट क्लब प्रा.लि.को आयोजना रहेको उक्त एवार्डको निर्णायक मण्डलमा काठमाडौं युनिभर्सिटी व्यवस्थापन संकायका पूर्व डिन प्रा.डा. सुवास केसी संयोजक र सदस्यहरुमा नेपाल सरकारका पूर्व सचिव पुण्यप्रसाद न्यौपाने, त्रिभुवन विश्वविद्यालयकी प्रा.डा. रिता श्रेष्ठ, सफल पार्टनरका कार्यकारी निर्देशक आशुतोष तिवारी, पूर्व बैंकर वर्षा श्रेष्ठ र पत्रकार मुकुल हुमागाई रहेका थिए ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ