२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्यचिसो मौसममा कसरी स्वस्थ रहने ?

चिसो मौसममा कसरी स्वस्थ रहने ?


एक व्यक्ति स्वस्थ हुन के-के मात्र गर्दैन? राम्रो खानपान देखि व्यायाम गर्नसम्म, हरेक जरुरी लाग्ने काम गर्छौं जसले शरीरलाई स्वस्थ राख्छ। यति गर्दा गर्दै पनि जाडो मौसममा भने रोगहरूको जोखिम बढ्ने धेरै नै सम्भावना हुन्छ । यस्तो अवस्थामा आफूलाई स्वस्थ राख्न धेरै गाह्रो हुन्छ। जसकारण अधिकांश मानिसहरू यस मौसममा बिरामी हुन्छन्। तर चिसो मौसममा केहि यस्ता कार्यहरु छन् जुन नियमित रूपमा अपनाएमा तपाई रोगहरूबाट टाढा रहन सक्नुहुनेछ। र तपाईको शरीर पनि शक्तिशाली बन्न सक्छ। त्यसोभए ती कार्यहरुको बारेमा थाहाँ पाऔं।

१. दैनिक व्यायाम,

जाडो मौसममा स्वस्थ रहन पहिलो आवश्यक कार्य भनेको व्यायाम गर्नु हो। यदि तपाई पहिलेबाट नै व्यायाम गर्नुहुन्छ भने यसलाई जाडोमा चिसो हुन्छ भनेर नछोड्नुहोस्, र यदि तपाई पहिले नै व्यायाम गर्नुहुन्न भने यसलाई जाडोमा सुरु गर्न सक्नुहुन्छ। नियमित व्यायामले डिप्रेसन कम गर्दछ र हार्मोन्स रिलिज गर्दछ जसले शरीरलाई खुशी पार्दछ।

२. सन्तुलित भोजन गर्ने,

जाडो एक यस्तो मौसम हो जसमा शारीरिक सक्रियता कम हुन्छ। जसकारण तौल बढ्ने बढी सम्भावना हुन्छ। यस्तोमा व्यायाम कहिले पनि छोड्नुहुन्न। सन्तुलित खानपानमा पनि विशेष ध्यान दिनुपर्ने हुन्छ । शरीरलाई कार्बोहाइड्रेटको साथमा धेरै प्रोटीन, फ्लाइडहरू, फ्याट र फाइबरको आवश्यकता हुन्छ। त्यसकारण मौसमी फल र तरकारीहरू खानुपर्दछ। सलाद, सूप, र हरियो तरकारीहरू तपाईले खानामा समावेश गर्नुपर्दछ। र शरीरमा पानीको अभाव हुन दिनु हुँदैन।

३. आफ्नो स्किनमा बढी क्रिमको प्रयोग नगर्ने,

यस बाहेक जाडोमा चिसो हावा चल्छ जसले हाम्रो छाला फुस्रो बनाउँदछ। यसको कारणले छालालाई बढी नरम बनाउनेतर्फ लाग्नुपर्छ। तर, यसको मतलब यो होइन कि तपाई अनावश्यक क्रीम वा लोशन प्रयोग गर्नुहोस्। वास्तवमा, यदि तपाई छालामा बढी क्रीम लगाउनुहुन्छ भने धुलो र माटोको कणहरू लामो समयसम्म छालामा रहिरहने सम्भावना बढ्छ। यसले छालाको एलर्जी र एक्नेको जोखिम बढाउँछ।

४. चिसोमा घरभित्र कपडा नसुकाउ,

जाडोमा लुगा घरभित्र सुकाउन हुँदैन। विज्ञहरूको अनुसार चिसो कपडालाई घरभित्र सुकाउनाले एसलडीहाइडेट र बेन्जीन कण हावामा फैलने गर्छ। त्वचाको लागि हानिकारक हुने गर्छ। घरभित्र कपडा सुकाउनाले साथै टाउँको दुखाइ, रुघाखोकी, आँखाहरू पोल्ने, घाँटीमा समस्या र अस्थमाको समस्या भएका ब्यक्तिहरुमा झनै बढी स्वास्थ्य समस्या देखिन सक्छ। यसका साथै ‘भिटामिन डी’को कमी हुन नदिनको लागि घाममा बस्ने गर्नुपर्दछ। यसबाट मांसपेशिसहरुको दुखाई हुने व्यक्तिलाई राहत मिल्ने गर्छ।

-एजेन्सीको सहयोगमा

नोट : यो सल्लाह मात्र तपाईको सामान्य जानकारी प्रदान गर्नको लागि दिइएको हो। तपाई कुनै पनि चीजलाई सेवन वा कुनै पनि घरेलु उपाय अपनाउनु अघि चिकित्सक वा विशेषज्ञसँग सल्लाह लिनुहोस्।

 


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ