२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्य५ मिनेटमै एक्स-रेबाट कोभिड संक्रमण पत्ता लाग्ने विज्ञको दावी

५ मिनेटमै एक्स-रेबाट कोभिड संक्रमण पत्ता लाग्ने विज्ञको दावी


स्कटल्याण्डका वैज्ञानिकहरुको समूहले कोभिड महामारीको बारेमा नयाँ प्रयोग पत्ता लगाएका छन् । जसअन्तर्गत अब बिरामीमा कोभिड संक्रमण छ वा छैन भनेर एक्स-रेमार्फत पत्ता लगाउन सकिन्छ । वैज्ञानिकहरूले पनि यसलाई ९८ प्रतिशतसम्म सही मानेका छन् । परीक्षणले व्यक्तिभित्र भाइरसको पत्ता लगाउन आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोग गरेका छन् ।

आरटि-पिसिआर परीक्षणभन्दा छिटो हुने र ५ देखि १० मिनेटमा नतिजा आउने अनुसन्धानकर्ताहरुले बताएका छन् ।  अनुसन्धानकर्ताहरूले लामो समयदेखि कोभिड-१९ पत्ता लगाउन सक्ने छिटो र भरपर्दो उपकरणको आवश्यकता रहेको बताए। यति मात्र होइन, ओमिक्रोन भेरियन्ट पनि छिट्टै एक्स-रे मार्फत पत्ता लगाइने विज्ञको भनाइ छ।

यूडब्ल्यूएस अनुसन्धानकर्ताहरूका अनुसार नयाँ प्रविधि स्क्यानको तुलनामा ३ हजारभन्दा बढी छविहरुको डाटाबेसको लागि एक्स-रे प्रविधिको उपयोग गर्छ। जसबाट कोभिड बिरामी र भाइरल निमोनियासँग सम्बन्धित छ।

यो प्रविधि आर्टिफिसियल इन्टेलिजेन्स (AI) प्रक्रियाद्वारा संचालित छ। जसले दृश्य मूल्याङ्कनहरूको विश्लेषण र निदान गर्न एल्गोरिदम प्रयोग गर्दछ। यूडब्ल्यूएस वैज्ञानिकहरूले भने,’एक व्यापक परीक्षण चरणमा यो प्रविधि ९८ प्रतिशतभन्दा बढी सही साबित भयो।’

प्रोफेसर रमजानले भने, ‘धेरै देशहरू सीमित डायग्नोस्टिक उपकरणका कारण ठूलो संख्यामा कोभिड परीक्षण गर्न असमर्थ छन्। तर, हाम्रो यो अनुसन्धानबाट भाइरस छिट्टै पत्ता लगाउन सकिन्छ। प्रोफेसरले भने, ‘यो महत्त्वपूर्ण र सम्भावित जीवन बचाउने साबित हुन सक्छ जब भाइरसको गम्भीर अवस्थाहरूको निदान र कस्तो उपचार आवश्यक हुन सक्छ भनेर निर्धारण गर्न समेत मद्दत गर्दछ।’

‘एक्स-रेले संक्रमणको प्रारम्भिक चरणहरूमा कोभिड-१९ लक्षणहरू देखाउँदैन, त्यसैले यसले पूर्ण रूपमा पीसीआर परीक्षणहरूको प्रतिस्थापन गर्न सक्दैन,’उनले भने।

-एजेन्सी


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ