२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअन्यबुस्टर डोज लगाउने ९० प्रतिशतसम्म कोभिड-१९ बाट सुरक्षित

बुस्टर डोज लगाउने ९० प्रतिशतसम्म कोभिड-१९ बाट सुरक्षित


काठमाडौं—नेपालमा फ्रन्टलाइनरलाई कोभिड-१९ विरुद्धको बुस्टर मात्रा दिन थालिएको छ । सरकारले फ्रन्टलाइनरपछि दीर्घ रोगका बिरामीलगायतका बुस्टर डोज दिने तयारी गरेको छ ।

दोस्रो मात्रा र तेस्रो मात्राबीच ९ महिनाको अन्तर हुनुलाई उपयुक्त मानिएको छ । बेलायतमा ६२ प्रतिशत बढीलाई बुस्टर डोज लगाइसकिएको छ । बेलायतका गरिएको अध्ययनमा के देखिएको छ भने जसलाई बुस्टर डोज लगाइएको छ उनीहरु ९० प्रतिशतसम्म कोभिड-१९ बाट सुरक्षित छन् ।

बेलायतमा भएको अध्ययनबाट यो थाहा हुन्छ कि बुस्टर डोज दिएपछि संक्रमणको दर समेत कम भएको थियो । गम्भीर बिरामी कम भएका थिए भने हस्पिटलमा भर्ना हुने संख्यामा पनि कमी आएको थियो ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ