२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्ययूरोपमा कोभिड महामारी समाप्त हुनसक्छ : विश्व स्वास्थ्य संगठन

यूरोपमा कोभिड महामारी समाप्त हुनसक्छ : विश्व स्वास्थ्य संगठन


विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) युरोपका निर्देशक हान्स क्लुगेले कोभिड–१९ को ओमिक्रोन भेरियन्टले युरोपेली देशहरूमा महामारीलाई नयाँ चरणमा पुर्‍याएको र यसको अन्त्य छिटै हुन सक्ने बताएका छन्। उनले एएफपी समाचार एजेन्सीलाई दिएको अन्तर्वार्तामा यस्तो अभिव्यक्ति दिएका हुन्।

एएफपी समाचार एजेन्सीलाई दिएको अन्तर्वार्तामा हान्स क्लुगेले भने, ‘ओमिक्रोनले मार्चसम्म ६० प्रतिशत युरोपेलीहरूलाई संक्रमित गर्न सक्छ। युरोपमा ओमिक्रोनको वृद्धि कम भएपछि केही हप्ता र महिनाहरूमा विश्वव्यापी रोग प्रतिरोधात्मक क्षमता विकास हुनेछ। यो कि त खोपको कारण कि प्रतिरक्षाको कारण हुन सक्छ।’

हालको अवस्थालाई मध्यनजर गर्दा एक तरिकाले महामारीको अन्त्यको नजिक पुगेको उनको भनाइ छ । यद्यपि, उनले भाइरसको द्रुत रूपमा संक्रमण गर्ने क्षमतालाई औंल्याउदै सावधानी अपनाउन पनि सबैलाई आग्रह गरेका छन्।

शीर्ष अमेरिकी वैज्ञानिक एन्थोनी फौसीले पनि आइतबार यस्तै सम्भावना व्यक्त गरेका थिए। उनले टेलिभिजनको टक शोसँग कुराकानीका क्रममा भनेका थिए,’संयुक्त राज्य अमेरिकाका केहि क्षेत्रमा यसको केसहरुमा कमी आएको छ, जुन राम्रो संकेत हो।’

गत हप्ता अफ्रिकामा रहेको डब्ल्यूएचओको क्षेत्रीय कार्यालयले पनि उक्त क्षेत्रमा कोभिड डका घटनाहरू घट्दै गएको र ओमिक्रोनले हुने चौथो लहरको चरम सीमापछि पहिलो पटक मृत्युको संख्या घटिरहेको उल्लेख गरेको थियो।

-एजेन्सी


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ