२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्य१५ वर्षसम्म कैदी जेलमा, चिप्सको प्याकेटमा शुक्रकीट पठाएर जन्माए ४ सन्तान

१५ वर्षसम्म कैदी जेलमा, चिप्सको प्याकेटमा शुक्रकीट पठाएर जन्माए ४ सन्तान


प्रायजसो हामीले जेलबाट तस्करी भएको सुन्ने गर्छौं जसमा अवैध रूपमा जेलभित्र र बाहिर सामान ओसारपसार गरिन्छ। जसमा प्रायः हतियार, मोबाइल, पैसा जस्ता चीजहरू समावेश छन्। तर, एक आतंककारीले आफू जेलमा हुँदा वीर्य तस्करी गर्ने गरेको दाबी गरेका छन् । यसका लागि उनले चिप्सका प्याकेटहरू प्रयोग गरे। यति मात्र होइन, आतंकवादीले अहिलेसम्म आफ्नो शुक्रकीटले चार सन्तान जन्माएको बताएका छन् ।

प्यालेस्टिनी आतंकवादीको सो दावी अचम्मको छ। डेलीस्टारको रिपोर्टका अनुसार यी दावीहरू इजरायलमा १५ वर्ष जेलमा रहेका आतंकवादी रफत अल-कारावीले प्यालेस्टिनी प्राधिकरणको टेलिभिजनमा गरेका हुन्। शरीरबाट बाहिर निस्किएपछि शुक्रकीट लामो समयसम्म बाँच्दैनन् तर त्यसमा शुक्रकीट दाताको नाम लेखिएको प्याकेट जेलबाट बाहिर पठाइएको अल-करावीको दावी छ । उनले भने, ‘हामी जेलको क्यान्टिनबाट वीर्य तस्करी गर्थ्यौं।’ उनले आफुले पठाएको वीर्यबाटै ४ सन्तान जन्माएको दावी गरेका छन् ।

प्यालेस्टिनी कैदीहरूले जेल क्यान्टिनबाट आफ्नो परिवारलाई कुनै पनि पाँच वस्तु पठाउन सक्छन्। यसमार्फत शुक्रकीटले भरिएको प्याकेट बाहिर पठाइन्थ्यो । प्यालेस्टिनियन मिडिया वाचका अनुसार हालसम्म करिब १०१ बच्चाहरू यसरी जन्मिएका छन्। ती आतङ्ककारीले अल–अक्सा शहीद ब्रिगेडको सदस्य भएको दावी गरेका छन् । उनलाई इजरायल विरुद्ध आतङ्कवादी गतिविधिमा संलग्न भएको पाइएपछि सन् २००६ मा इजरायलले पक्राउ गरेको थियो ।

रिपोर्टका अनुसार अल–कारावीले भने, ‘हामीले नमूनालाई आलु चिप्स वा कुकीजको प्याकेट भित्र राख्थ्यौँ र यसलाई व्यावसायिकरूपमा सिल गर्दथ्यौँ ताकि जेल गार्ड वा इजरायली पुलिस अधिकारीहरूलाई प्याकेट खोलिएको थाहा नहोस्। क्यान्टिनबाट बाहिर निस्कँदा कैदीसँग भएको झोलालाई नमूना लिन आउने कैदीबाहेक अरु कसैले छुँदैनन् ।’ परिवारले कैदीको नमूना लिएर रजान मेडिकल सेन्टरमा बेच्ने गरेको उनले बताए ।

एजेन्सी 


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ