२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यक्यानडामा कोभिड खोपको विरोध, प्रधानमन्त्री ट्रुडो निवास छोड्न बाध्य

क्यानडामा कोभिड खोपको विरोध, प्रधानमन्त्री ट्रुडो निवास छोड्न बाध्य


क्यानडामा कोभिड-१९को खोप अनिवार्य गरेकोविरुद्ध कडा प्रदर्शन भएको छ । सरकारले अमेरिका-क्यानडा सीमा पार गर्ने ट्रक चालकहरूका लागि कोभिडविरुद्धको खोप अनिवार्य गरेपछि त्यसको विरोधमा भएको प्रदर्शनका कारण क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो र उनको परिवार घर छोड्न बाध्य भएका छन्  ।

वास्तवमा, हजारौं ट्रक चालक र अन्य प्रदर्शनकारीहरू राजधानी सहरमा भेला भएर प्रधानमन्त्री ट्रुडोको निवासलाई घेरेका छन् । जसकारण क्यानडाका प्रधानमन्त्री ट्रुडो आफ्नो परिवारसहित घर छोड्न बाध्य भएका हुन् ।

ट्रक चालकहरूले आफ्नो ७० किलोमिटर लामो काफिलेको नाम ‘फ्रीडम कन्भोय’ राखेका छन् । ट्रुडो सरकारले ट्रक चालकहरूलाई अमेरिकी सीमा पार गर्न खोप लगाउन आवश्यक बनाएको छ। यसको विरोधमा चालकहरुले विरोध गर्न थालेका हुन् । यसैक्रममा क्यानडाका प्रधानमन्त्रीले विवादास्पद बयान दिँदै ट्रक चालकहरुलाई ‘कुनै महत्व नभएको अल्पसंख्यक’ भनेका थिए ।’ जसकारण उनीहरु आक्रोशित छन् । राजधानी ओटावा जाने बाटोमा ७० किलोमिटर ट्रकको लाइन लगाएर घेरेका हुन् ।

प्रदर्शनकारीहरूले कोभिड प्रतिवन्धलाई फासीवादसँग तुलना गरेका छन्। उनीहरूले क्यानाडाको झण्डासँगै नाजी प्रतीकहरू देखाए। धेरै प्रदर्शनकारीहरूले क्यानाडाका प्रधानमन्त्री ट्रुडोलाई निशाना बनाउँदै कडा आलोचना गरेका छन्। रिपोर्टका अनुसार ती मानिसहरूले प्रधानमन्त्रीलाई सीधै निशाना बनाउँदै आपत्तिजनक र अश्लील गाली पनि दिएका हुन्।

आन्दोलनकारीमा बालबालिका, युवा, महिला, वृद्धवृद्धा र अपाङ्गता भएका व्यक्तिहरु रहेका छन् ।  क्यानडाका शीर्ष सैन्य जनरल वेन आयर र रक्षामन्त्री अनिता आनन्दले निन्दा गरेका छन्।

सयौं प्रदर्शनकारी संसदीय परिसरमा प्रवेश गरेका छन् । हिंसाको सम्भावनालाई मध्यनजर गर्दै प्रहरीले उच्च सतर्कता अपनाएको छ । शनिबार करिब १० हजार मानिस संसदमा पुगेको प्रहरीले जनाएको छ । अहिले संसद परिसरमा कति प्रदर्शनकारी छन् भन्ने यकिन तथ्याङ्क प्रहरीसँग छैन ।

-एजेन्सी


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ