२०८१ असार ३१, सोमबार
Health Aawaj logo
गृहपृष्ठअन्यसुनील ग्रोवरको मुटुको शल्यक्रिया, सलमान, ऋतिक, सोनमलगायत यी सेलेब्स गम्भीर रोगको शिकार

सुनील ग्रोवरको मुटुको शल्यक्रिया, सलमान, ऋतिक, सोनमलगायत यी सेलेब्स गम्भीर रोगको शिकार


‘द कपिल शर्मा शो’ मा ‘गुत्थी’ र ‘डा. मशहुर गुलाटी’ को भुमिका निर्वाह गरेर चर्चित बनेका भारतीय हाँस्य कलाकार सुनील ग्रोवरको बुधबार मुम्बईको एशियन हार्ट इन्स्टिच्युटमा मुटुको शल्यक्रिया गरिएको छ । वेब सिरिजको सुटिङका ​​क्रममा अभिनेताको स्वास्थ्य बिग्रिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।

४४ वर्षीय हाँस्य कलाकारको शल्यक्रियापछि उनको स्वास्थ्यमा सुधार भइरहेको छ । सुनिल ग्रोवरभन्दा पहिले पनि धेरै बलिउड सेलिब्रेटीहरू कम उमेरमा नै ठूला रोगको चपेटामा परेका छन् ।

बलिउड अभिनेता सलमान खान

बलिउड अभिनेता सलमान खान वर्षौंदेखि ट्राइजेमिनल न्यूराल्जिया नामक निको नहुने रोगबाट पीडित छन् । यो रोगलाई आत्महत्या रोग पनि भनिन्छ । यस रोगबाट पीडित व्यक्तिको स्नायुमा असहनीय पीडा हुन्छ । यो रोगसँग लड्दै गर्दा कयौंपटक सलमानले आत्महत्या गर्ने पनि सोचेका छन् ।

अभिनेत्री सोनम कपुर

अभिनेत्री सोनम कपुरले आफूलाई फिट राख्न स्वस्थ जीवनशैली अपनाउने गर्छिन्। यद्यपि उनलाई १७ वर्षको उमेरदेखि टाइप-१ मधुमेह छ। यो रोग नियन्त्रण गर्न सोनमले इन्सुलिन लिनुपर्छ ।

अभिनेत्री प्रियंका चोपडा

बलिउडकी देसी गर्ल प्रियंका चोपडा दमको रोगबाट ग्रसित छिन् । दीपावलीको अवसरमा आफैंले यो खुलासा गर्दै अभिनेत्रीले पटाका नफालाउन आग्रह गरेकी थिइन् । प्रियंकालाई ५ वर्षको उमेरदेखि नै श्वास फेर्न गाह्रो हुन्छ । प्रियंकाका श्रीमान निक जोनसलाई पनि मधुमेह छ ।

अभिनेत्री अनुष्का शर्मा

अनुष्का शर्मालाई बल्गिङ डिस्क भन्ने रोग छ, जसले हड्डी दुख्ने गर्छ । यो समस्या पहिले मेरुदण्डबाट सुरु हुन्छ, जसले पछि शरीरको बाँकी भागलाई असर गर्छ। यो रोग प्राय एकै ठाउँमा बस्दा लाग्ने गर्छ ।

अभिनेता ऋतिक रोशन 

२० वर्षको उमेरमा बलिउड अभिनेता ऋतिक रोशन स्कोलियोसिस नामक गम्भीर रोगबाट पीडित थिए । यही रोगका कारण उनलाई नाच्न र दौडन दिइएन । रोग पत्ता लागेको एक वर्षपछि ऋतिकले दौडने मन बनायो र विस्तारै गति बढाउन थाले । लगातार दौडदै गर्दा ऋतिक आफैं यो रोगबाट मुक्त भए ।

अभिनेत्री शमिता शेट्टी

अभिनेत्री शमिता शेट्टी विगत केही वर्षदेखि कोलाइटिसको समस्यासँग जुधिरहेकी छिन् । बिग बोस १५ शोमा पनि शमिताको बिरामीलाई ध्यानमा राख्दै उनलाई छुट्टै खाना पठाइएको थियो । अभिनेत्री सधैं ग्लुटेन मुक्त खाना खाने गर्थिन।

अभिनेत्री शेफाली जरीवाला

कटा लगा फेम अभिनेत्री शेफाली जरीवाला एपिलेप्सी सिजरबाट पीडित भएकी छिन् । यस रोगबाट पीडित व्यक्तिलाई बेलाबेलामा इपिलेप्टिक दौरा हुने गर्छ । अभिनेत्री पहिलोपटक १५ वर्षको उमेरमा दौरा परेको थियो।

-एजेन्सी


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ