२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यओमिक्रोन बन्यो मानिसको शत्रु, ५ लाख बढीको लियो ज्यान : डब्लुएचओ

ओमिक्रोन बन्यो मानिसको शत्रु, ५ लाख बढीको लियो ज्यान : डब्लुएचओ


कोभिड-१९ संक्रमणको नयाँ प्रजाति ‘ओमिक्रोन’ पनि मानिसको ठूलो शत्रु बनेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार ओमिक्रोनलाई नोभेम्बरमा क्रिटिकल भेरियन्ट घोषित गरिएको थियो। त्यसयता विश्वभर यसबाट पाँच लाखको मृत्यु भइसकेको छ । यसबाट अहिलेसम्म १३ करोड मानिस संक्रमित भएका छन् ।

ओमिक्रोन सुरुदेखि नै अत्यधिक संक्रामक भएको भनिएको थियो। यो अझै पनि संसारभर सक्रिय छ। डेल्टा भेरियन्टको तुलनामा यसले नेपालमा खासै नोक्सान पुर्‍याएको छैन। तर, विश्वभरका घटनालाई हेर्दा यसबाट पीडित हुनेको संख्या धेरै छ । डब्ल्यूएचओले यसबाट भएको मृत्युप्रति दुःख व्यक्त गरेको छ ।

डब्ल्यूएचओका प्रबन्धक महमुदले सामाजिक सञ्जालसँगको कुराकानीमा ओमिक्रोन अहिले डेल्टाको रूप बनेको बताए। ‘संक्रमित व्यक्तिमा कम गम्भीर स्वास्थ्य समस्या देखिए पनि भ्याक्सिन आविष्कार भइसकेपछि पनि पाँच लाख मानिसको मृत्यु हुनु दुःखद् कुरा हो, ‘उनले भने, ‘सबैले ओमिक्रोन हल्का छ भनिरहेका छन्, तर विश्व स्वास्थ्य संगठनले यसलाई ‘चिन्ताजनक भेरियन्ट’ घोषणा गरेदेखि यसले आधा मिलियन मानिसको ज्यान लिइसकेको उनीहरू बिर्सिरहेका छन्।’

कोभिड-१९ मा डब्ल्यूएचओका प्राविधिक प्रमुख मारिया भान केरखोभले ओमिक्रोनकोरिपोर्ट गरिएका केसहरूको संख्या आश्चर्यजनक रहेको बताइन्। यो ट्रान्जिसनको सन्दर्भमा अघिल्लो भेरियन्टसँग बराबरीमा देखिन्छ। जबकि धेरै देशहरूमा यसको पिक आउन बाँकी छ। पछिल्ला केही हप्तामा यसबाट मृत्यु हुनेको संख्या बढेको छ, जसका कारण चिन्ता बढेको देखिन्छ ।

-एजेन्सी


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ