२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यनेपाल नेशनल हस्पिटलमा पूर्णकालीन विशेषज्ञ सेवा सुरू

नेपाल नेशनल हस्पिटलमा पूर्णकालीन विशेषज्ञ सेवा सुरू


काठमाडौं—कलंकीस्थित नेपाल नेशनल हस्पिटलले सबै विधाको पूर्णकालीन विशेषज्ञ सेवा सुरु गर्ने भएको छ । अस्पतालमा मेडिकल निर्देशक डा. प्रकाश पौडेलकाअनुसार आइतबारदेखि विहान ७ बजेदेखि साँझ ७ बजेसम्म अस्पतालले सबै रोगको पूर्णकालीन विशेषज्ञ सेवा सुरु गर्ने भएको छ ।

‘हामीले विशेषज्ञहरुको ठूलो टिम बनाएर पूर्णकालीन विशेषज्ञ सेवा सुरु गर्दैछौ,’ उनले भने, ‘अब कुनै पनि रोगका बिरामीले विशेषज्ञ सेवाका लागि चिकित्सकको समय कुरिरहनु पर्दैन् । जुनसुकै बेला पनि जुनसुकै रोगका विशेषज्ञले ओपीडी सेवा दिनु हुनेछ ।’

उनकाअनुसार अर्थोपेडिक, गाइने, सर्जरी, मेडिसिनलगायतका सबै विशेषज्ञ सेवाहरु अस्पतालमा बिरामीले जुनसुकै बेला लिन सक्नेछन् । त्यसबाहेक सुपरस्पेसियालिटी सेवाहरु पनि उपलब्ध रहेको उनले बताए ।

नेपाल नेशनल हस्पिटलले अनलाइन टिकटिङ सेवा पनि सुरु गरेको छ । साथै, प्रयोगशाला परीक्षण रिपोर्ट पनि अनलाइनबाट घरमै हेर्न सकिने व्यवस्था गरेको निर्देशक डा. पौडेलले जानकारी दिए ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ