२०८३ असोज १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठ ∕ अन्य ∕ ३० जना नर्सलाई ह्याम्स अस्पतालले ‘इमर्जेन्सी नर्सिङ तालिम’ गराउने

३० जना नर्सलाई ह्याम्स अस्पतालले ‘इमर्जेन्सी नर्सिङ तालिम’ गराउने


काठमाडौं—ह्याम्स अस्पतालले निजी क्षेत्रमै पहिलो पटक तीन महिने इमर्जेन्सी नर्सिङ तालिम सुरु गर्ने भएको छ । ७ चैतदेखि तालिम सुरु गर्ने अस्पतालले जनाएको छ ।

अस्पतालका नर्सिङ निर्देशक वरुणा पौडेलकाअनुसार अस्पतालको इमर्जेन्सी सबैभन्दा महत्वपूर्ण विभाग भएकाले त्यहाँ काम गर्ने नर्सले सबै खालका इमर्जेन्सी बिरामी हेर्नुपर्छ र गुणस्तरीय सेवा दिन सक्नुपर्छ । ‘यसैलाई दृष्टिगत गरेर हामीले यो तालिम सुरु गर्न लागेका छौं,’ उनले भनिन् ।

ह्याम्सले ‘सोसाइटी अफ इमर्जेन्सी नर्सेस अफ नेपाल’ सँग सहकार्य गरेर ३० जना नर्सलाई पहिलो चरणमा तालिम उपलब्ध गराउनेछ । उक्त तालिममा सहभागी हुनका लागि इच्छुक नर्सले २५ फागुनभित्र आवदेन दिइसक्नुपर्नेछ ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ