२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यऊर्जा दिनुको सट्टा यी खानेकुराले बढाउँछ शरीरमा थकान

ऊर्जा दिनुको सट्टा यी खानेकुराले बढाउँछ शरीरमा थकान


शरीरलाई निरन्तर काम गर्नका लागि पर्याप्त मात्रामा ऊर्जा चाहिन्छ र ऊर्जाको लागि पौष्टिक खाना आवश्यक हुन्छ। यही कारणले गर्दा सबै मानिसहरूलाई स्वस्थ र पौष्टिक आहार दैनिक उपभोग गर्न सल्लाह दिइन्छ।

तपाईले धेरै लेखमा पढ्नुभएको होला र विशेषज्ञहरुबाट पौष्टिक आहारको फाइदा र आवश्यकता बारे सुन्नु भएको होला। तर, केहि चीजहरु खाने र पिउने बानीले तपाईलाई उर्जा दिनुको सट्टा उर्जा हटाउन सक्छ। सुन्दा अनौठो लाग्न सक्छ तर, वास्तविकता यस्तै छ । जानीजानी वा नजानेर हामीले दिनहुँ यस्ता धेरै कुरा सेवन गरिरहने स्वास्थ्य विज्ञहरू बताउँछन् जसले शरीरको उर्जा खत्तम हुन्छ ।

आहारविद्हरू भन्छन्, जसरी केही खानेकुराहरूले ऊर्जा बढाउने भनेर चिनिन्छन्, त्यसरी नै केही खानेकुराहरूले ऊर्जा घटाउन र थकान महसुस गराउन सक्छन्। के तपाई प्रायः भारी खाना पछि थकित महसुस गर्नुहुन्छ? यो अवस्थालाई फूड कोमा वा ‘पोस्टप्रान्डियल थकान’ भनिन्छ। यो थकान तपाईंको खानामा समावेश गरिएका केही चीजहरूको कारण हुन सक्छ, जुन हामी सबैको लागि जान्न धेरै महत्त्वपूर्ण छ। केही यस्ता चीजहरू बारे जानौं जसले तपाईंलाई थकान महसुस गराउन सक्छ।

धेरै भुटेको खाना खाने

स्वास्थ्य विज्ञहरूका अनुसार शरीरमा थकान महसुस हुनुको मुख्य कारण सूजन मानिन्छ। यस्तो अवस्थामा शरीरमा सूजन बढाउने कुराले पनि थकानको खतरा बढी हुन्छ । भुटेको खानेकुराको सेवन गरेर, तपाईले अप्रत्यक्ष रूपमा तेल र नुन बढी खपत गरिरहनुभएको छ। जसले शरीरमा थकान बढाउँछ। धेरै भुटेको वा मीठो चीजले पनि रगतमा चिनीको मात्रा बढाउन सक्छ, त्यसको सेवन गरेपछि तपाईलाई थप थकान महसुस हुन सक्छ।

परिष्कृत कार्बोहाइड्रेटको मात्रा भएका खानेकुरा

यदि तपाई पनि हरेक दिन बिहानको खाजामा सेतो रोटी खानुहुन्छ भने होसियार हुनुहोस् । सेतो रोटी जस्ता खानेकुराहरू परिष्कृत कार्बोहाइड्रेटको स्रोत हुन् जसले शरीरमा रगतमा चिनीको मात्रा बढाउन सक्छ। सेतो रोटी खाएपछि तपाईंलाई थकान वा निद्रा लाग्न सक्छ। सेतोको सट्टा ब्राउन ब्रेड वा ग्रेन ब्रेड खानु तपाईको लागि राम्रो विकल्प हुन सक्छ। पास्ता जस्ता चीजहरूमा पनि परिष्कृत कार्बोहाइड्रेट उच्च हुन्छ।

गुलियो वा पेय पदार्थ सेवन

यदि तपाई पनि धेरै चिनी खाने वा पिउने मन पराउनुहुन्छ भने, यो बानी तपाईको स्वास्थ्यको लागि धेरै तरिकाले हानिकारक हुन सक्छ। यी चिजको अत्याधिक सेवनले रगतमा चिनीको मात्रा बढ्छ, जसले मधुमेह निम्त्याउन सक्छ । यसका अलावा मीठो चिजले पनि मोटोपना बढाउँछ । मीठो खानेकुरा कम मात्रामा सेवन गर्ने गर्नुपर्दछ। गुलियो बढी खाएपछि शारीरिक गतिविधिहरूमा ध्यान दिन धेरै महत्त्वपूर्ण हुन्छ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ